स्याङ्जा । स्याङ्जामा मतदाता बाेकेकाे जीप दुर्घटना भएकाे छ ।
मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जा वालिङको बायखोलामा १४ जनाको निधन भएकाे प्रहरीले जनाएको छ । मृतकमध्य १० जनाको सनाखत भएपनि अन्यकाे पहिचान हुन बांकी छ । अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेकाे र घाइतेहरुलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताउनुभएको छ ।
Advertisement
स्याङजा वालिङ नगरपालिका वडा नम्बर १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट वालिङ अाउदै गरेको ग२ च ३०२६ नम्बरको को जिप अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जानकारी गराएको छ।



