गैंडाकोट । देशैभर स्थानीय तहकाे निर्वाचन २०७९ सुरु भएकाे छ ।
आज बिहान सात बजेदेखि मतदान सुरु भएकाे हाे । केही जिल्लामा बाहेक सबैमा शान्तिपूर्ण मतदान भइरहेकाे आयाेगले जनाएको छ ।
मतदाता परिचय पत्र नभएपनि मतदातामा नाम छ भने नाकरिकता, पासपोर्ट वा जग्गाधनी लालपुर्जा देखाएर पनि मतदान गर्न सकिने आयाेगले यसअघि नै जानकारी दिएकाे छ ।
संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन याे दोस्रोपटक भइरहेकाे हाे । पहिलाे २०७४ थियाे । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ।बहुदलीय व्यवस्था पुनर्बहालपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाहेक ७५२ पालिकामा बिहान ७ देखि बेलुका ५ बजेसम्म निर्वाचन हुनेछ ।
निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनालाई मताधिकार छ । देशभर १० हजार ७ सय ५६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा ६५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदै छ । ७९ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने जनाए पनि ६५ वटाले मात्रै उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका छन् ।



