गैंडाकोट । नवलपुरकाे गैंडाकोट नगरपालिकाकाे सेवा चार दिन ठप्प हुने भएकाे छ। स्थानीय निर्वाचन २०७९ का कारण जनताले पाउनुपर्ने दैनिक सेवा नै राेकिन पुगेकाे प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताउनुभयाे ।
बैशाख २७ देखि ३० गतेसम्म सेवा ठप्प हुने जानकारी सहित उहाँले सूचना जारी गर्नुभएकाे छ। सूचनामा भनिए अनुसार कर्मचारीहरु निर्वाचनका लागि खटिनु परेकाले अत्यावश्यक बाहेकका सेवा ठप्प हुनेछन् । बैशाख ३१ गते शनिबार,जेठ १ र २ गते सार्वजनिक बिदा भएकाले जेठ ३ गतेबाट मात्रै राेकिएका सेवा सुचारु हुने उहाँको भनाइ छ । 
Advertisement



