मिना कंडेल ,कावासोती । नेपाली कांग्रेसबाट कावासाेती नगरपालिकामा मेयर उम्मेदवारी दिनुभएकाे महेन्द्र पाेखरेलले घरदैलो र भेटघाटलाई तिव्रता दिनुभएकाे छ ।
आफ्ना प्रतिबद्धता पत्र (घोषण पत्र) सार्वजनिक गर्दै घरदैलो अभियानलाई तिव्र पार्नुभएकाे हाे । साथमा उपप्रमुखका उम्मेदवार पतिराम थनेत सहितको गठबन्धनको टोलीले कावासोतीका विभिन्न वडामा आफ्नो घरदैलो अभियानलाई जारि राखेको छ ।
शुक्रबार कावासोती वडा नं ७, ८, ९ र १० मा आफ्नो प्रतिबद्धता सहित जनताको गुनासा सुन्ने र त्यसलाई समाधान गर्न आफू लागि पर्ने उहांहरुकाे भनाइ छ । कावासोतीको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउँन आग्रह गर्दै कावासोतीमा निर्माण हुन नसकेका भौतिक पूर्वाधारलाई आफू विजयी भएपछि पुरा गर्नै बाचा गरेका छन् ।
कावासोतीका नगरबासीकाे सल्लाह र सुझावलाई आत्मसाथ गर्ने नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार महेन्द्र पोख्रेलले प्रतिबद्धता जनाउनुभयाे ।
कावासोतीको शिक्षा , स्वास्थ्य , खानेपानी , विधुत, सुकुम्वासी समस्या , भौतिक पूर्वाधारलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर कार्य गर्नै उहांले बताउनुभयो । एक पटक काम गर्ने अवसर प्रदान गरि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अनुरोध समेत गर्नु भयो ।
जनताको अपेक्षा एक वर्ष भित्र पुरा गर्न मेराे उम्मेदवारी हाे : पोख्रेल
जनताको अपेक्षा एक वर्ष भित्र पुरा गर्न मेराे उम्मेदवारी हाे : पोख्रेल
Advertisement
तपाईको प्रतिक्रिया



