गैंडाकोट | नवलपुमा रातीको सात बजे देखी मदिरा सेवन मा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार विक्री वितरणमा समेत राेक लगाइएको हाे ।
स्थानीय तहकाे निर्वाचन २०७९ लाई लक्षित गरेर मदिरा सेवन र विक्रि वितरणमा राेक लगाइएकाे प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयाे ।
उहाँका अनुसार जिल्लाको शान्ति
सुरक्षालाई दृष्टिगत गरी निर्वाचन सम्पन्न नभएसम्मको लागि जिल्लाभर लागू हुने गरी वेलुका ७.०० वजे पछि मादक पदार्थको नियन्त्रण गरिएको र सो को प्रभावकारी नियमन गरिने छ।
त्यस्तै निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित, मर्यादित र व्यवस्थित तवरवाट सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन आयोग, नेपालवाट जारी भएको निर्वाचन आचार संहिता, २०७८ अनुरुपनै गतिविधि गर्न आग्रह गरिएकाे छ । एक सुचनानै जारी गरेर जिल्ला प्रशासन कार्यालय नवलपुरले राजनीतिक दल तथा उम्मेदवारहरुले गर्ने चुनावी प्रचार प्रशारका कार्यक्रम विहान ८.०० वजे देखि वेलुकी ७.०० वजे सम्म मात्रै गर्न भनिएकाे हाे ।



