×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

स्थानीय चुनावमा देशैभर कांग्रेस पहिलाे पार्टी बन्छ : शर्मा


  •   बिहिबार, बैशाख २२, २०७९
  • कल्नपना कुवर,वलपुर, बैशाख २२ गते । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले याे चुनावबाट पार्टी देशैभर पहिलाे बन्ने बताउनु भएकाे छ । कांग्रेस स्पष्ट नीति,याेजना र कार्यक्रम सहित जनतामाझ पुगेकाे भन्दै याे पटक जनताले जिताएर पहिलाे पार्टी बनाउने दाबी गर्नुभएको हाे ।

    Advertisement

    नजिकिदै गरेको स्थानीय तह निर्वाचनको लागि जम्मा अब ८ दिन मात्र बाकी हुंदा आज पूर्वी नवलपरासीको हुप्सेकोट गाँउपालिकामा पालिका अध्यक्षका उम्मेदवार लक्ष्मी पाण्डेको घोषणा पत्र सार्वजनिक गर्दै उहाँले याे समय आफूले गरेका र गर्न नसकेका दुवै काम सहित जनातामाझ जान आग्रह गर्नुभयाे ।
    आफूले गरेका गल्ती कमिकमजोरी गरेको भए आत्मालोचना गर्दै विगतमा आफूले गरेका विकाशका योजना मतदाता समक्ष राख्ने र जनताले उठाएका प्रश्नहरुको जवाफ दिने बेला रहेको उहाँको भनाइ थियाे ।


    चुनावी दौरानमा उमेदवारहरुमाथि अनेकन बाधा ब्यवधान आउन सक्नेतर्फ  चासो नराखी चुनाव केन्द्रित हुनुपर्ने बताउंदै बैशाख ३० गते हुने चुनावले त्यस्ता गलत प्रवृतिलाइ बढारेर लाने उहांले बताउनु भयो । तर चर्को आवाजले होच्याउने हेप्ने ब्यवहार हुन्छ भने त्यो नेपाली कांग्रेसलाइ स्वीकार्य नहुने शर्माकाे भनाइ थियाे ।

    शर्माले अबको दिनमा युवा पुस्ताले हरेक दललाई प्रश्न गर्नु पर्ने अवस्था आएको भन्दै किन भोट हाल्ने म राजनितिमा छैन नभन्न आग्रह सहित चुनाव भनेकाे न्याय गर्ने माध्यम रहेकाे र कसैले गलती गरेको छ भने सजाय दिने समय समेत भएकाे उहाँको भनाइ थियाे
    ।
    “न्यायधीशले न्यायलयमा बसेर न्याय दिदै गर्दा राजनीति  गरेको होईन आफ्नो जिम्मेवारी पुरा गरेको हुन्छ , लोकतन्त्रमा जनता भन्दा ठूलो न्यायधीश छैन र जनता भन्दा ठूलो न्यायालय छैन,”उहाँले भन्नुभयाे ।

    “आजको युगमा युवाको दायित्व भनेको सही पार्टि  सहि उम्मेदवार छानेर भाेट हाल्नु हो ।’’

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.