चितवन । चितवनकाे भरतपुरमा गठबन्धनका शीर्ष नेताहरुले सम्बाेधन गर्ने स्थलनै डुबानमा परेकाे छ ।
भरतपुरस्थित पारस बसपार्क नजिककाे खुला चउर डुवानमा परेकाे हाे ।
Advertisement
मञ्चकाे केही भाग समेत डुबेकाे छ।
बैशाख ३० काे स्थानीय निर्वाचन लक्षित भाषण गर्न प्रधानमन्त्री शेर बहादुर देउवा हिजाे नै भरतपुर आउनुभएको थियाे ।
त्यस्तै सभालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, रामचन्द्र पाैडेल, उपेन्द्र यादव लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
पाँच वर्षमा धेरै विकास भएकाे दाबी महानगरले गरिरहदा कार्यक्रम स्थलनै डुवानमा परेपछि सामाजिक संञ्जालमा चर्काे टिप्पणी गरिएकाे छ। कतिले गठबन्धन नफापेकाे त कतिले स्मार्ट सीटी भनिने तर भलवाढी समेत निकास हुने ठाउँ नरहेकाे लेखेका छन् ।
ण



