नवलपुर । पुर्बी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदकी उम्मेद्बार लक्ष्मी देबि पाण्डे माथी आक्रमण भएको छ ।
हुप्सेकोट वडा नम्बर ४ स्थित झ्यालबासको चुनाबी कार्यक्रम सकेर निवास फर्कदै गर्दा २० गते राती १० बजे अध्यक्ष पाण्डे चढेको ग ३ च १६०६ नम्बरको स्कारपियो गाडीमा चोक चोकमा बसेका नेकपा एमालेका कार्यकर्ताले ढुङ्गा प्रहार गरेको पाण्डेले बताउनुभयाे ।
आक्रमणको डरले निवास जान नसक्ने अवस्था देखेपछी स्थानिय कार्यकर्ता मीन बहादुर कुमालको घरमा शरण लिन जाँदा त्यहाँपनि आक्रमण गरिएको पाण्डेकाे भनाइ छ । “म कार्यक्रम सकेर फर्कदै थिए निरन्तर ढुङ्गा प्रहार गरियो । निवास जान नसक्ने अवस्था भए पछि स्थानिय कार्यकर्ताको घरमा शरण लिन पुगे, त्यहाँ पनि निरन्तर आक्रमणको सिकार भईरहें । हार मानसिकताका कारण आक्रमण गरियो । ” पाण्डेलाई शरण दिएका नेपाली काङ्ग्रेसका कार्यकर्ता मीन बहादुर कुमालका अनुसार नेकपा एमालेका तर्फबाट वडा नम्बर ०१ का वडा अध्यक्षका उम्मेद्बार लाल बहादुर शेरपुजाको नेतृत्वमा एमालेका कार्यकर्ताहरु हुल बाधेर आएका थिए ।
“एमाले कार्यकर्ताहरु ज्यान मार्ने उदेश्यले आएको जस्तो देखिन्थ्यो,अनुनय बिनय गर्दा पनि उनिहरु रोकिएनन्” कुमालले भन्नुभयो, “स्थिती नियन्त्रण बाहिर थियो । ”
गाडीमा अध्यक्ष पदकी उम्मेद्बार पाण्डे सहित उपाध्यक्ष पदका उम्मेद्बार पुर्ण सिं राना समेत हुनुहुन्थ्याे । अहिले दुबैको कावासोती स्थित कालिगण्डकि अस्पतालमा उपचार भईरहेको छ ।
काङ्ग्रेस हुप्सेकोटका सभापति बलबहादुर रानाले निर्वाचनमा हार निस्चित देखेपछी एमाले आक्रमणमा उत्रिएको बताउनुभयो । उहाँले घटनाको भत्सर्ना गर्दै कानुनी उपचार खोजिने जानकारी दिनुभयाे ।
नवलपुर प्रहरीले एमालेका कार्यकर्ता घाइते भएकाे जनाएको छ ।
चुनावी प्रचार प्रसारको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरु बीच एकआपसमा झै-झगडा भएको भन्दै प्रहरीले म्यादी प्रहरी सहित १९ जनाको टोली र डिएसपी सन्तोष पाठकको कमाण्डमा ४० जनाको थप टोलि खटाइएको छ ।
घाइते हुनेहरुमा वडा नम्बर १ बेलुवा बस्ने बर्ष ३२ का मनोज गुरुङ, ३ बेलानी बस्ने बर्ष २३ को हरी के.सी. र १ बस्ने बर्ष ४० का चुडा ब शेरपुन्जा मगर रहेका छन्।



