चितवन । चितवनकाे रत्ननगरमा भारतीय ट्रकले साईकललाई ठक्कर दिंदा एक जनाकाे मृत्युु भएकाे छ।
रत्ननगर ९ भानुचोकमा पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको बी अार ०६ जी डी ८६७२ नम्बर ईन्डियन ट्रकले विपरीत दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिएकाे हाे ।
ठक्करबाट साईकल पछाडि बस्ने रत्ननगर १० का ६ वर्षका प्रिन्स परियारकाे मृत्युु भएकाे छ।
साईकल चालक बारा जिल्ला जितपुर ६ घर भई हाल साेही ठाउँ बस्ने १६ वर्षीय सौगात अली घाइते भएका छन् । उनकाे टाउको, हात, पेट, ढाडमा चोट लागेकाे छ । अवस्था मध्यम रहेकाे र पुरानो मेडीकल कलेजमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ । ट्रक चालक भारत जिल्ला बारबंशी कोतवाली नगर पंचायत बंकी ८ घर भएको वर्ष ३० को मोनु कश्यप ईलाका प्रहरी कार्यालय टांडीको नियन्त्रणमा रहेका छन् । ट्रक जिप्रका चितवनको नियन्त्रणमा रहेको, बाटो अबरोध नभएको प्रहरीले जनाएको छ।



