नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शसांक काेइरालाले गठबन्धनबाट कार्यकर्ता खुसी नभएकाे बताउनुभएकाे छ । आज भरतपुरमा पत्रकारहरूसंग कुराकानी गर्दै उहांले असन्तुष्ट कार्यकर्तालाई सम्झाउन कठिन भएकाे बताउनुभएकाे हाे ।
अहिले गठबन्धनबीच कुन स्थानीय तह कसलाइ दिने भन्नेबारे छलफल चलिरहेकाे र निर्णयमा सम्भवत आज पुग्ने दाबी गर्नुभयाे । कमजाेर उपस्थिति भएकाे ठाउंमा समेत गठबन्धनमा रहेका दलहरुले दाबी गर्दा निर्णयमा ढिलाई भईरहेकाे बताउँदै निर्णय भएपछि सवैले मान्नुपर्ने बताउनुभयाे । काेइरालाले भन्नुभयाे,”आज टुंगाे लाग्छ कुन दलले कुन पालिका लिने भन्ने । संख्या नहुंदापनि दाबी गर्दा समस्या भइरहेकाे हाे ।”
Advertisement



