×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ


  •   सोमबार, बैशाख ०५, २०७९
  • काठमाडौं । प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ । क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    Advertisement

    पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका १ घर भई हाल काठमाडौंको सोह्रखुट्टे बस्ने २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौती नगरपालिका १ घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र काठमाडौंको बाफलका २७ वर्षीय राहुल चचान रहेका छन् ।

    अनुसन्धानको क्रममा उनीहरुले अहिलेसम्म ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये अनुपले सन् २०२१ को मे देखि हालसम्म विभिन्न २० वटा क्रिप्टोकरेन्सीबाट ३५ करोड ४६ लाख ८३ हजार ६११ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ । उनको बिनान्स एकाउण्टमा १२ हजार ८३२ अमेरिकी डलर बराबरको ०।३१७३६९१९ बिट क्वाईन मौज्दात रहेको देखिएको छ ।

    त्यस्तै राहुलले करिब एक वर्ष अघिदेखि हालसम्म ६ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ । उनीसँग हाल बिनान्स एकाउन्टमा ६५१ अमेरिकी डलर बिट क्वाइन मौज्दात रहेको देखिएको छ ।

    उनीहरुले दैनिक पाँच हजारदेखि ५० हजार सम्म यूएसडीटी को कारोबार गर्ने गरेको, त्यस्ता क्रिप्टोहरु वानएक्स बेट, हाइपर फण्ड लगायत अनलाइन प्लेटफर्महरुमा लगानी गर्ने गरेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    साथै व्यापारिक प्रयोजनका सामाग्रीहरु विदेशबाट आयात गर्दा समेत अनलाइन मार्फत क्रिप्टोकै रुपमा पेमेन्ट गर्न प्रयोग गर्ने गरेका थिए । अवैध भएकाले क्रिप्टोको कारोबार गर्ने व्यक्तिहरुले आफ्नो पहिचानन गोप्य राखी अन्य सयौं व्यक्तिहरुको प्रयोगगरी तिनका नाममा बैंक खाता र बिनान्स एकाउण्ट खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो व्यापार गर्न प्रोत्साहित गर्ने गरेको देखिएको कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.