×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेतृत्व युवाले गर्नुपर्नेमा जोड दिँदै २९ वर्षीय केसीद्वारा भरतपुरको उपमेयरमा दाबी


  •   सोमबार, बैशाख ०५, २०७९
  • चितवन । अवको नेतृत्व युवाले गर्नुपर्नेमा जोड दिँदै २९ वर्षिय बिरेन्द्र केसीले भरतपुर महानगरपालिकको उपमेयरमा दाबी गर्नुभएको छ ।
    आज पत्रकार सम्मेलन गरी भरतपुर १२ निवासी केसीले नेपाली काँग्रेसको तर्फबाट उपमेयरमा उम्मेदवारी रहेको बताउँदै आफूलाई पार्टीले टिकट दिने विश्वास व्यक्त गर्नुभयो ।

    Advertisement

    परिवारनै राजनीतिक पुष्ठभूमिमा रहेको र आफूपनि विद्यार्थी राजनीति हुँदै अहिले नेपाल तरुण दलको जिल्ला सदस्यमा रहेर निरन्तर नेपाली काँग्रेसमा सक्रिय भएकाले अव युवाले नेतृत्व गर्नेुपर्ने बताउँनुभयो ।

    काँग्रेसको केन्द्रमै गगन थापा, विश्वप्रकाश शर्मा लगायतका युवाहरुको नेतृत्व आउँदा स्थानीय तहमा पनि युवाहरु आउनुपर्नेमा उहाँको जोड थियो । केसी अहिले भरतपुर १२ को नेपाल तरुण दल अध्यक्ष, वडा समितिको सल्लाहकार र नेपाल तरुण दल चितवनको जिल्ला सदस्य हुनुहुन्छ ।

    नेपाली काँग्रेस भरतपुर महानगर समितिमा २४ जनाले आकांक्षा व्यक्त गर्दा केसी सवैभन्दा कान्छो र युवा हुनुहुन्छ । समय अनुसार नेतृत्व परिवर्तन हुँदै जानुपर्ने बताउँदै उहाँले युवाहरु सक्षम, अध्ययनशील, पार्टी संगठन निर्माण देखि देशको निर्माणमा महत्वपूर्ण भूमिका हुने भन्दै स्थानीय तहको नेतृत्वमा आफु आउन चाहेको बताउनुभयो ।

    साथै युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न सके काँग्रेसको सिद्धान्त समेत दिगोपना हुने निश्चित रहेकाले चितवन र भरतपुरमा रहेका युवाहरुलाई समेटेर लैजान आफूले दाबी पेश गरेको बताउनुभयो ।

    आफू उपमेयरमा निर्वाचित भए महानगरको मुहार फेर्ने दाबी उहाँको छ । भौतिक विकास सँगै अन्य क्षेत्रलाई प्राथमिकता दिन नसक्दा युवाहरु बेरोजगार हुनुपरेको भन्दै सवै क्षेत्रको समृद्धिका लागि आफ्नो विशेष सक्रियता रहने केसीको भनाई छ । महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्दै पर्यटन,कृषि, औद्योगिक क्षेत्र आदिको विकास गर्न सवैसँग हातेमालो गरी अघि बढ्ने उहाँले बताउनुभयो ।

    नेपाली काँग्रेसको विधि, विद्यानमा रही नीति र नियम पालना गर्ने बताउँदै यस पटक टिकट दिएर उपमेयरमा निर्वाचित हुने विश्वास उहाँको थियो । उपमेयरमा नाम दर्ता गरेसँगै सवै तहका नेता कार्यकर्ताले हौसला र साथ दिइरहेको दाबी गर्दै केसीले भन्नुभयो,“पार्टीले टिकट दिनेमा विश्वस्त छु । राजनीतिसँगै विभिन्न सामाजिक संघ संस्थासँग आवद्ध भएर काम गर्दै युवाहरुको चाहाना अनुसार काम गर्नका लागि कुनै न कुनै जिम्मेवारीमा हुनुपर्ने आत्मबोध भएर उपमेयरमा दाबी गरेको छु । ”

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.