×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

कृषि गणनाका लागि नवलपुरमा गणक र सुपरीवेक्षकको तालिम सम्पन्न, बैशाख ६ देखि फिल्डमा खटाइने


  •   आइतबार, बैशाख ०४, २०७९
  • नवलपुर । नवलपुरमा राष्ट्रिय कृषि गणना २०७८ का लागि गणक र सुपरीवेक्षकलाई तालिम प्रदान गरिएको छ । यही चैत २५ देखि सुरु भएको तालिम वैशाख ३ गते सम्पन्न भएको जिल्ला कृषि गणना अधिकृत रेणु कुमारी घिमिरेले बताउनुभयो ।

    Advertisement

    तालिम सम्पन्नसँगै अव उनीहरुलाई फिल्डमा खटाउने तयारी भइरहेको उहाँको भनाई छ । घिमिरेका अनुसार नवलपुरको आठ वटा स्थानीय तहमा १५५ गणना क्षेत्र कायम भएको छ । जहाँ १४ जना सुपरीवेक्षक र ५५ जना गणक खटिदैछन् । उनीहरुलाई नै तालिम दिइएको हो ।

    कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नारा सहित कृषि गणना गर्न उनीहरुलाई यही बैशाख ६ देखि जेठ १९ गते सम्म फिल्डमा पठाइनेछ ।

    यस गणना यो पटकको सातौँ र संघीयता आएपछिको पहिलो हो । स्थानीय तहको निर्वाचन माहोल समेत भएकाले गणनामा संवेदनशीलसँगै जिम्मेवारीपूर्वक काम गर्न तालिममा सिकाइएको घिमिरेले बताउनुभयो । त्यस्तै फिल्डमा जाने गणकले राष्ट्रिय कृषि गणना २०७८ अन्तर्गत लगत १, लगत २ र सुपरीवेक्षकले लगत ३ गरी तीन प्रकारका प्रश्नावली भर्नेछन् ।

    लगत १ मा गणकहरुले तोकिएको गणना क्षेत्रका सवै घरपरीवारको सुचीकरण गर्नेछन् र सूचीकरण पश्चात नमुना छनौट विधिबाट एउटा गणना क्षेत्रमा औषतमा २० देखि ३० जना कृषक परिवारहरुको मात्रै विस्तृत विवरण लिएर लगत २ मा रहेको मुख्य प्रश्नावली भरिनेछ र लगत ३ मा सामुदायिक प्रश्नावलीहरु भर्नुपर्ने जिल्ला कृषि गणना अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
    गणनालाई सहज गराउन वडास्तर सम्म नै सहजीकरण समन्वय समिति बनाइएको छ ।

    पहिलेका कृषि गणनाहरु जस्तै यो गणना पनि वैज्ञानिक छनौट विधिमा आधारित रहेको छ । यस गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग, उपयोग, वालीले ओगेटेका जग्गाको क्षेत्रफल तथा उत्पादन, कृषि सामाग्री, सिँचाइको विवरण,कृषि कार्यमा संलग्न जनशक्ति, कृषि वन, कृषि ऋण, पशुपंक्षिको संख्या र तिनीहरुको आहार विवरण, कृषक परिवारको सदस्यको नाममा रहेको कृषि जग्गाको अवस्था,हरित गृह पद्धतीको प्रयोग, बीमा, अनुदान कृषि बजारसम्मको पहुँच, जलवायु पवितर्ननको असर, माटो परीक्षण, फोहोर मैलाको व्यवस्थापन जस्ता विविध विषयहरुको तथ्याङ्क संकलन गरिन्छ । संकलनपछि स्थानीय तहसम्मको नतिजा सार्वजनिक गरिनेछ ।
    यो गणनाका लागि सन्दर्भ वर्ष र सन्दर्भ दिन गरी दुई प्रकारको सन्दर्भ अवधि मानिएको छ । जसमा २०७७ पुष १७ देखि २०७८ पुष १६ गरी १२ महिनाको मात्रै तथ्याङ्क संकलन गरिनेछ भने गणना गरिएको दिनलाई सन्दर्भ दिन तोकिएको छ ।

    चैत १ देखि २०७९ जेठ मसान्त सम्म कायम हुनेगरी केन्द्रीय तथ्याङ्क विभागको निर्धारित कार्यतालिका अनुसार जिल्लामा यसअघि नै कार्यालय स्थापना गरिएको थियो । कृषि विकासका लागि स्थानीय जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको योजना तर्जुमा तथा नीति निर्माण, अनुगमन, मूल्याङ्कन गर्न हरेक १०/१० वर्षमा कृषि गणना गरिन्छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.