×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेबाट ७ र उप मेयरमा ८ जना आकांक्षी


  •   शनिबार, बैशाख ०३, २०७९
  • नवलपुर । जिल्लाको मध्यविन्दु नगरपालिकामा पनि नेकपा एमालेले आसन्न स्थानीय निर्वाचन २०७९ का लागि आकांक्षी उम्मेदवारहरुको नामावली संकलन गरेको छ । एक महिना कम समय बाँकी हुँदा हिजो अकांक्षीहरुको नाम संकलन गरेको हो ।

    Advertisement

    मध्यबिन्दु नगरपालिकाको हिजो सम्पन्न नगर कमिटीको बिस्तारित बैठकमा मेयरमा ७ जनाले र उप मेयरमा आठ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

    जस अन्तर्गत मेयर पदका लागि भिमलाल अधिकारी, बाबुराम पाण्डे सुर्य श्रेष्ठ, भोजबहादुर चौधरी , अमृत ज्ञवाली,एवजङ्ग रायमाझी र जनकलाल शर्माले दाबी गर्नुभएको हो ।

    त्यस्तै उप मेयरमा राधा ढकाल, देवी घिमिरे,लक्ष्मी सेन,सरस्वती पन्थी, जोगमाया महतो, सुनिता रामदाम, प्रभा गिरी र दानकुमारी पाण्डेले आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो ।

    अव अकांक्षीहरुसँग बसेर थप छलफल गर्दै उम्मेदवार टुंगाउने प्रयास सुरु हुने एमाले मध्यविन्दुले जानकारी दिएको छ ।

    यस अघि यस नगरपालिकामा मेयरमा नेपाली काँग्रेसबाट चन्द्र बहादुर राना १० हजार ९९७ मत सहित निर्वाचित हुँदा नजिकका प्रतिस्पर्धी नेकपा एमालेका भिमलाल अधिकारीले १० हजार ६४ मत ल्याउनुभएको थियो । अहिले पनि अधिकारीले आफ्नो उम्मेदवारी रहने बताउँदै नाम अकांक्षीमा राख्नुभएको छ ।

    त्यस्तै उपमेयरमा पनि नेपाली काँग्रेसबाट ओमकुमारी महतो १० हजार ८३५ मतले निर्वाचित हुँदा नजिकको प्रतिस्पर्धी नेकपा एमालेबाट जोगमाया महतोले १० हजार ३३ मत ल्याउनुभएको थियो । अहिले पनि उहाँले सहित अकांक्षी प्रस्तुत गर्नुभएको छ ।

    स्थानीय चुनाव आउन ठ्याक्कै २७ दिन बाँकी छ । २०७९ बैशाख ३० गतेको चुनावका लागि मध्यविन्दुमा ४४ हजार ९६४ मतदाता रहेका छन् । २० वटा मतदानस्थल र ५२ वटा मतदान केन्द्र तोकिएको छ । यस नगरपालिकाको चुनाव गराउन नवलपुर जिल्ला अदालतका स्रेस्तेदार महेन्द्र प्रसाद पौड्याललाई निर्वाचन अधिकृत तोकिएको छ ।

    त्यस्तै मेयर र उपमेयर पदमा अन्तिम उम्मेदवार दिएका व्यक्तिले ४ लाख ५० हजारको सीमामा रहेर आफ्नो चुनावी खर्च गर्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार नगरपालिकाको मेयर उपमेयरले मतदाता नामावली खरिद खर्चमा १ हजार , सवारी साधन वा घोडा खर्च ९० हजार , सवारी साधन इन्जिन १९ हजार, प्रचारप्रसा सामाग्रीमा १ लाख,ढुवानी १० हजार, गोष्ठी कार्यकर्ता परिचालनमा ८० हजार, छापा एवम् विद्युती माध्यमखर्चमा ६० हजार, कार्यालय संचालनमा ३० हजार, प्रतिनिधि परिचालनमा ५० हजार र विविध १० हजारको सीमामा रहेर खर्च गर्नुपर्ने हुन्छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.