×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भोट दिने समय छोरी दिने भन्दा महत्वपूर्ण हो, हजार पटक सोचेर दिनुहोस् : राजेन्द्र लिङ्देन


  •   शुक्रबार, बैशाख ०२, २०७९
  • चितवन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदाता गर्ने समय छोरी दिने भन्दा बढी महत्वपूर्ण रहेको बताउनुभएको छ । छोरी दिँदा त पटक पटक केटा पक्षबारे सोधीखोजी गरी दिन्छौँ भने मत हाल्दा अझ धेरै सोच्नुपर्ने र दिनुपर्ने उहाँको भनाई थियो ।चितवनमा भएको आमसभामा बोल्दै उहाँले भोट दिनुअघि हजार पटक सोचेर मत हाल्न आग्रह गर्दै वर्षौँसम्म टेष्टेड भइसकेका पार्टीलाई मत नहाल्न आह्वान गर्नुभयो ।

    Advertisement

    ३१ वर्षसम्म काँग्रेस एमाले लगायतलाई मत दिएर विकास खोजेपनि अझै दुखकै अवस्था रहेको भन्दै यस पटक राप्रपालाई मतदान गर्न आह्वान गर्नुभएको हो । लिङ्देनले भन्नुभयो,“ भोट हालेपछि हामीलाई हेरेनन् भनिन्छ फेरि चुनाव आउँदा त्यही नेता र पार्टीलाई भोट दिइन्छ । केही पैसा र मासु भातमा विक्ने गरिन्छ । अव यसो नगरौँ । राप्रपालाई भोट दिनुहोस शिक्षा र स्वास्थ्य नि:शुल्क गर्छौँ । ”


    अध्यक्ष लिङ्दनेले एमसीसी देशको हितमा नरहेको भन्दै ठूला राजनीतिक दलहरु विदेशीका अगाडि पाउ पर्ने र फरक मत राख्न नसक्ने अवस्थामा पुगेको दाबी गर्नुभयो । फरक मत राख्नै नसक्ने अवस्थामा पुगेपछि यति ठूलो बैदेशिक सहायता किन नलिने भन्ने तर्क दिने र भारतलाई विजुली दिन यसो गरिएको भन्ने जवाफ दिँदै हिँड्ने गरेको उहाँको भनाई थियो ।

    यति वर्ष आलोपाले सत्ता हाँकेपनि अहिलेका ठूला दलले संघीयतापछि कुनैपनि एउटा उद्योग जहाँ १ हजारले एकैठाउँमा रोजगारी पाएका छन् भन्ने कुनै उद्योग कलकारखाना स्थापना नगरेर सयौँ युवा विदेश जान वाध्य परेको बताउनुभयो ।

    विजुली घर घर पुर्याउने र विदेशबाट भइरहेको आयात घटाउने , ठूला ठूला उद्योगहरु खोल्न प्रोत्साहित गर्ने, हजारौँलाई रोजगारी दिने उद्योगलाई विद्युत कम शुल्कमा दिने लगायतका कार्य राप्रपाले गर्ने लिङ्देनको दाबी थियो । देशलाई थप बर्बाद हुनबाट जोगाउन राप्रपालाई जिताउन उहाँको आह्वान थियो । हालसम्म पनि सुविधावन्न नसकेको स्थान्ीय तह राप्रपालाई जिम्मा लगाउने आग्रह गर्दै नमुना कार्य गरेर देखाउने उहाँको दावी थियो ।

    कक्षा १२ सम्म निशुल्क शिक्षा, सवै विद्यालयमा कम्प्युटर शिक्षा निःशुल्क गर्ने, वालशिशु कक्षाका कर्मचारीको तलव मासिक १५ हजार गराउने, आधारभूत स्वास्थ्य सुविधा निःशुल्क गर्ने, पार्टीले जित हासिल गरेको स्थानीय तहका जनताले स्वास्थ्य सुविधा नपाएर मृत्यु भयो रे भन्ने सुन्न नपर्ने र कृषि अनुदान पार्टीका कार्यकर्ताले नभई कृषकको घरदैलोमा पुग्ने बनाउने उहाँको आह्वासन थियो । साथै अहिले भइरहेको करमा ५० प्रतिशत घटाउने, पशुपालन गर्नेलाई भत्ता दिने, ज्यष्ठ नागरिकलाई घरघर पुगेर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उहाँको दाबी थियो ।

    साथै कुनै व्यक्तिलाई राजा बनाउनेगरी भन्दापनि संस्थागत रुपमा राजसंस्था गराउन आफूहरु राजनीति गरेको बताउनुभयो । नेपालको अभिभावकीय रुपमा राजसंस्था आवश्यक परेको लिङ्देनको भनाई थियो । १५ वर्षको गणतन्त्र पूर्णरुपमा असफल भएको घोषणा गर्नुभयो ।
    आमसभालाई केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे,हेमजङ गुरुङ, महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतले सम्वोधन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.