भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले आज विशाल आमसभा गर्दैछ । जिल्ला अध्यक्ष रुद्र ढकालका अनुसार करिव ५० हजार बढी जनता सहभागि हुने छन् ।
Advertisement
केन्द्रीय बस ट्रमिनल पारस बसपार्क मा हुने आमसभामा सम्बोधन गर्न राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, महामन्त्री डा.धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्ने जनाइएको छ । आमसभा सफल पार्न १६ वटा उपसमितिहरु बनाइएका छन् ।
मञ्च व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रवक्ता राजु भण्डारीले झण्डै २५ ट्रिपर फोहर संकलन गरेर सभास्थल चिटिक्क पारिएको छ । आमसभास्थलमा २ वटा मञ्च बनाइएको छ । अतिथि र कलाकारहरुलाई छुट्टाछुट्टै मञ्च बनाइएको हो ।
आज पार्टी प्रवेशको समेत कार्यक्रम रहेको छ ।



