×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा टाइफाइड रोग विरुद्धको खोप अभियान जारी, हालसम्म ९७ हजार बालबालिकाले लगाए


  •   बुधबार, चैत ३०, २०७८
  • चितवन । चितवनमा टाइफाइड रोग बिरुद्धको खोप अभियान जारी रहेको छ । हालसम्म ९७ हजार ७ सय ४२ बालबालिकाले यो खोप लगाइसकेका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाईएको हो। यही चैत २५ गते देखि सुरु भएको खोप अभियानमा सो संख्यामा बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

    Advertisement

    पहिलो दिन ३४ हजार ६ सय ४७ जना, दोस्रो दिन २८ हजार १ सय जना, तेस्रो दिन ३० हजार ३ सय ८३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वासथ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिनुभयो । उनका अनुसार पछिल्लो पटक जिल्लाका ७० भन्दा बढी ठाउँबाट खोप लगाइदैछ । इच्छाकामना गाउँपालिकामा ३० गतेसम्म, भरतपुर महानगरमा बैशाख ४ गतेसम्म र अन्य स्थानीय तहमा बैशाख २ गतेसम्म खोप लगाइदैछ ।

    ढकालका अनुसार भरतपुर महानगरमा ४० हजार १३ जना, खैरहनीमा १४ हजार २ सय ६३ जना, माडीमा ८ हजार ६१ जनाले खोप लगाइसकेका छन् । यस्तै रत्ननगरमा १४ हजार ७२ जना, राप्तीमा ८ हजार ३ सय ९३ जना, कालिकामा ८ हजार ३ सय ७ जना, इच्छाकामनामा ४ हजार ६ सय ३३ जनाले खोप लगाएका छन् ।

    ढकालले सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क गरेर समयमै खोप लगाउन अनुरोध गर्नुभएको छ । प्रमाणीत र विश्वसनीय रहेकाले खोपमा आशंका नगर्न आग्रह गर्नुभयो । खोप लगाउँदैनौँ भन्ने मानिस भने नपाएको बताउँदै ढकालले चितवनले लक्ष्य हासिल गर्ने जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.