नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले ठूलो मात्रामा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
सूचना अधिकारी प्रेमबहादुर शाहीका अनुसार नवलपरासी रामग्राम नगरपालिका– ६ पोखरापाली बस्ने बर्ष ३८ का रबिन्द्र बनिया र सोही स्थान बस्ने बर्ष ४२ का ईन्द्रकमल केवट पक्राउ परेका हुन् ।
हिजो पाँच बजेतिर जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.)बाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका ६ पोखरापालीमा शंकास्पद रुपमा हिडिरहेका बनियालाई चेकजाँच गर्ने क्रममा प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको २/२ एम.एल. को नुफिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल र डाईजापाम ३९ एम्पुल गरी जम्मा ११७ एम्पुल लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा सोही स्थान बस्ने केवट समेत लागुऔषध कारोवारमा संलग्न रहेको पाएपछि उनको घर खानतलासी गर्दा कोठामा खैरो हिरोईन ४.५०० ग्राम, स्पास्मो लेखेको ५७२ क्याप्सुल र १०० एम.एल.को ६ बोतल लागुऔषध फेला परेको शाहीको भनाई छ ।
दुबै जना बिरुद्ध आज लागु औषध मुद्दामा मुद्दा दर्ता गरी नवलपरासी जिल्ला अदालतबाट म्याद लिई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।




