चितवन । नेपाली कांग्रेस चितवनका निवर्तमान सचिव उत्तम जोशीले भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली काँग्रेस , महाधिवेशन प्रतिनिधि समेत रहनुभएका युवा नेता जोशीले पार्टी कार्यालयमा गएर हिजो भरतपुर महानगर पालिकाको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
भरतपुर महानगर भित्र भएका बिकृतिको बिरुद्धमा सदैब आफ्नो आवाज बुलन्द गर्ने उहाँ चितवन कांग्रेस सँग सगै जनतामाझ ईमान्दार छविका कारण लोकप्रिय मानिनुहुन्छ । बि पि कोइराला क्यान्सर हस्पिटल भित्र सिटिहल निर्माणको विषयलाइ बुलन्द आवाज दिएर रोक्न सफल उहाँ भरतपुर महानगरपालिका बाट निर्मित कोरोना अस्थायी हस्पिटलमा भएको अनियमितताा तथा चोरी काण्ड विरुद्धको अभियान समेत सक्रिय रहनुभएको थियो ।
बि पि शान्ति नगर बनलाइ पुष्प बाटिका बनाउने विषयको बिरुद्ध बुलन्द आवाज उठाउने उहाँ चौबीस कोठीमा गणतन्त्रको स्तम्भको नाममा अमुक ब्यक्ति(बिदेशी कम्निष्ट नेता ) को सालिक राख्ने विषयलाई खरो रुपमा प्रतिवाद गर्नुभएको थियो ।
नगरपालिहरु भित्र भएको आर्थिक अनियमितता विरुद्ध, स्थानीय पालिकाहरुमा वृद्धि भएको कर विरुद्ध, बि पि नगर बन चाइनिज कम्पनिलाइ मनोरञ्जन पार्क बनाउने विरुद्ध समेत उहाँले आवाज उठाउनुभएको थियो ।
चितवन मा बि को खाली जग्गामा पार्क बनाउने विषय विरुद्ध लगायतका सबै घटनाको नेतृत्व गर्नुभएको उहाँले राजनीतिक यात्रालाई सेवाको रूपमा स्थापित गर्दै महानगरको मेयमरमा आफ्नो दाबी रहेको बताउनुभएको हो ।
जोशी २०४६ सालको जनआन्दोलनमा सहभागी , २०४८ सालमा ने बि संघ जनजागृति मावि(तनहुँ)को अध्यक्ष , नेबि संघ बालकुमारी कलेजको ईकाइ सदस्य, सचिव हुदै अध्यक्ष ,२०५३ सालमा स्वबियु बालकुमारी सदस्य , २०५९ सालमा ने बि संघ को तर्फबाट स्वबियु सभापतिको उम्मेदवार , नेबि संघ चितवनको जिल्ला सदस्य, सचिव , अध्यक्ष हुदै केन्द्रीय सदस्य बन्न सफल नेबि संघ को सातौ देखि एघारौं महाधिवेशन सम्म केन्द्रीय महाधिवेशन प्रतिनिधि , नेपाली कांग्रेसको एघारौं महाधिवेशन बाट भरतपुर १० को सचिव हुदै १२ औ महाधिवेशनमा वडा सभापति , नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा सचिव पदमा निर्वाचित , १४ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा सर्बाधिक मतका साथ विजयी हुनुभएको थियो ।
१४ औ महाधिवेशनमा सभापति पदका प्रत्यासी उहाँले सम्मानजनक मत प्राप्त गर्नुभएको थियो ।



