चितवन । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री दबेन्द्र पौडेलले चितवनमा शिक्षक अस्पताल बन्ने बताउँदै चाँडै प्रकृया पूरा गरी फाइल मन्त्रालय पठाउन अनुरोध गर्नुभएको छ । हिजो भरतपुर महानगरमा शिक्षक अगुवाहरुसंग भएको छलफलमा मन्त्री पौडेलले अस्पताल बन्ने जग्गााको निरीक्षण गरि छिटै महानगरबाट गर्नु पर्ने आवश्यक कामहरु पुरा गरेर मन्त्रालयमा फाइल पठाउन आग्रह गर्नुभएको हो ।त्यस्तै चितवनमा बन्न लागेको शिक्षक अस्पतालमा निजी विद्यालयका शिक्षकले पनि उपचार गर्न पाउने उहाँको भनाई छ।
निजी स्कुलका शिक्षक भएपनि उहाँहरुले पनि देशकै शैक्षिक विकासका लागि काम गरेकाले उपचार गर्न पाउने उहाँ को भनाई छ ।
साथै मन्त्री पौडेलले हरेक प्रदेशमा १÷ १ वटा मेडिकल कलेज सरकारले स्थापना गर्ने बताउँदै नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै ९८ अर्ब रकम बाहिर गइरहेकाले देशैमा मेडिकल शिक्षा आवश्यक भएको बताउनुभयो ।
रिसर्च सेन्टर पनि सातै प्रदेशमा स्थापना गर्ने तयारी भएको र सातै प्रदेशमा आवासीय ठूला महा विद्यालय बनाउन आपूले मन्त्रिपरिषदमा प्रस्ताब गरेको समेत जानकारी दिनुभयो । देशैभरिका पालिकाको आवश्यकताका आधारमा १ पालिका १ प्राविधिक शिक्षालय स्थापना गर्ने र भूंगोल अनुसारको पाठ्यक्रम तयार पारेर पढाउने समेत मन्त्री पौडेलको भनाई छ ।
राज्यले चाहेको जनशक्ति निर्माण गर्ने , प्राविधिक जनशंक्तिलाई ब्यवस्थापन गर्ने र आफू मन्त्री बनेपछि ऐन कानुन बनाउने बिषयमा निकै सक्रिय भएर लागेको र शैक्षिक विकासमा धेरै कामहरु गरिसकेको दाबी गर्नुभयो । शिक्षा र स्वास्थ्य दिने निकाय नाफा मुलक नभएर सेवा मुलक भएकाले सेवालाई ध्यान दिएर सर्वसुलभ गुणस्तरीय सेवा दिन आग्रह समेत गर्नुभयो ।
डाक्टर इन्जिनियर र पाइलटलाई हुने जस्तै सम्मान शिक्षकलाई गर्नु पर्ने , शिक्षक खुसि नहुदाँ सम्म राम्रो र दक्ष जनशंक्ति उत्पादन नहुने भएकाले शिक्षकलाई उच्च सम्मान हुने गरि आफुले ऐन बनाउने तयारी गरेको पौडेलको भनाई थियो । त्यस्तै अन्य निजामती कर्मचारीसरह शिक्षकहरुलाई सेवा सुविधा समान गरिने र यसमा निर्णय भइसकेको समेत मन्त्री पौडेलको भनाई थियो ।



