×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

चितवनमा कृषि गणनाका लागि छनौट भएका गणक र सुपरीवेक्षकलाई तालिम दिन सुरु


  •   शुक्रबार, चैत २५, २०७८
  • डोलराज रानाभाट। चितवनमा सातौँ राष्ट्रिय कृषि गणना २०७८ का लागि छनौट भएका गणक र सुपरीवेक्षकलाई तालिम दिन सुरु गरिएको छ । नारायणी बहुप्राविधिक शिक्षालय भरतपुरमा आजदेखि तालिम सुरु भएको जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।
    केन्द्रीय तथ्याङ्क विभागको तालिका अनुसार चैत १ गते जिल्लामा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरेर तयारी तीव्र पारेको कार्यालयले गणकका लागि ८ र सुपरीवेक्षकलाई ९ दिनसम्म तालिम दिनेछ ।

    Advertisement

    तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले महत्पूर्ण भूमिका निर्वाह गर्न छनौट हुनुभएको भन्दै गणक र सुपरीवेक्षकलाई राम्रोसँग तालिम लिन र फिल्डमा सही तथ्याङ्क आउनेगरी काम गर्न आग्रह गर्नुभयो । ध्यान लगाएर तालिम लिन अनुरोध गर्दै भोलि फिल्डमा गएर तटस्थ र निष्पक्ष भएर काम गर्न उहाँको सुझाव थियो ।

    निर्वाचनका कार्यक्रम समेत हुने भएकाले आफ्नो कार्य जिम्मेवारीपूर्वक गर्न आग्रह गर्दै हतारमा गरे सही तथ्याङ्क नआउनेतर्फ सवै सचेत हुनुपर्ने बताउनुभयो । गणक तथा सुपरीवेक्षकको सुरक्षाका लागि स्थानीय प्रशासन सदैव तयार रहेका तामाङको भनाई थियो । साथै फिल्डमा गएर काम गर्नसक्नेगरी तालिम दिन प्रशिक्षकहरुलाई उहाँको निर्देशन थियो ।

    विस २०१८ सालदेखि हरेक १०÷१० वर्षमा कृषि गणना गरिन्छ । संघीयतापछिको यो पहिलो गणना हो । कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नारा सहित संघीयतापछिको पहिलो कृषि गणना गर्न गणक र सुपरीवेक्षक वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म फिल्डमा खटिनेछन् ।
    चितवन जिल्लामा हालसम्म प्राप्त दरवन्दी अनुसार १६ जना सुपरीवेक्षक र ६४ जना गणक गरी कुल ८० जनालाई सो तालिम विभिन्न कक्षमा बाँडेर प्रदान गरिएको भण्डारीले बताउनुभयो ।
    केन्द्रीय तथ्याक विभागले वैज्ञानिक विधिबाट छनौट गरे अनुसार चितवनमा १७९ वटा गणना क्षेत्र कायम गरिएको छ । एउटा गणकले ३ वटा गणनाक्षेत्र हेर्नुपर्छ भने एक जना सुपरीवेक्षकले ४ जना गणकको कार्यलाई सुपरीवेक्षण गर्नुपर्नेछ ।


    फिल्डमा जाने गणकले राष्ट्रिय कृषि गणना २०७८ अन्तर्गत लगत १, लगत २ र सुपरीवेक्षकले लगत ३ गरी तीन प्रकारका प्रश्नावली भनुपर्ने छ । लगत १ मा गणकहरुले तोकिएको गणना क्षेत्रका सवै घरपरीवारको सुचीकरण गर्नेछन् र सूचीकरण पश्चात नमुना छनौट विधिबाट एउटा गणना क्षेत्रमा औषतमा २० देखि ३० जना कृषक परिवारहरुको मात्रै विस्तृत विवरण लिएर लगत २ मा रहेको मुख्य प्रश्नावली भरिनेछ र लगत ३ मा सामुदायिक प्रश्नावलीहरु भर्नुपर्ने जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले बताउनुभयो । सोही प्रश्नावली भर्न सहित विविध जानकारी तालिममा दिने बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, प्रमुख कोष नियन्त्रक मणिभद्र न्यौपाने, भरतपुर शिक्षालय प्रमुख सरिता रेग्मी, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशिल केसी,प्रशिक्षक रुद्र अधिकारी लगायतको उपस्थिती थियो ।

    May be an image of 2 people, people sitting and people standing

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.