×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ईच्छाकामनाका भूमिहीन सुकुम्बासीहरुले लालपुर्जा पाउने, निस्सा वितरण सुरु


  •   मङ्गलबार, चैत २२, २०७८
  • चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा पनि सुकुम्वासीहरुलाई लालपुर्जा वितरणको प्रकृयाका लागि निस्सा वितरण सुरु गरिएको छ । सोमबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनका विज्ञ सदस्य निर प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा, राष्ट्रिय भूमि आयोग जिल्ला समितिका सदस्य लक्ष्मीकान्त दवाडीको विशिष्ट आतिथ्यता तथा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा एक कार्यक्रमकाबीच निस्सा वितरण गरिएको हो ।
    निस्सा वितरण कार्यक्रममा बाेल्दै आयोगका बिज्ञ सदस्य निर प्रसाद लामीछाने र सदस्य लक्षमीकान्त दुवाडीले नापी कार्यालयसंग समन्वय गरि जग्गा नाप नक्सा कार्यका लागि प्राथमिकताका साथ अगाडी बढाउने बताउनुभएको थियो ।
    विज्ञ सदस्य लामीछानेले भन्नुभयो, “लाल पुर्जा पाउनेमा तपाइहरु ढुक्क हुनुहोस्, विश्वस्त रहनुहोस् नापी कार्यालयसंग समन्वय गरि जग्गा नाप नक्सा कार्यका लागि प्राथमिकताका साथ अगाडी बढाउने छौँ ।” सो कार्यक्रमका माझ २० जनालाई निस्सा वितरण गरिएको छ ।
    निस्सा पाएपछि स्थानीयहरुले खुशी व्यक्त गरेका थिए । निस्सा पाएपछि चाडैँ लाल पुर्जा पाउने आशा व्यक्त गर्दै भूमि आयोगका सदस्य, जनप्रतिनिधि कर्मचारीहरुलाई धन्यावाद दिएका थियो ।

    Advertisement


    निस्सा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, वडाध्यक्ष बम बहादुर थापा (विजय) र राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
    गाउँपालिका कार्यालयका सेवा केन्द्रका प्रमुख हरि देवकोटाका अनुसार इच्छाकामनामा ३ हजार ३८९ भूमिहिन दलित, भूमिहिन सुकुम्वासीले निवेदन दिएका छन् । वडा नम्बर ७ मा सबै भन्दा बढी १ हजार ५१० रहेका छन् । वडा नम्बर ७ बाट प्राप्त निवेदन आयोगको अनलाइन प्रणालीमा प्रबिष्ट गर्ने कार्य सम्पन्न भएसगैँ निस्सा वितरण सुरु गरिएको प्रमुख देवकोटाको भनाई छ ।

    अन्य वडाको पनि भूमिआयोगको अनलाइन प्रणालीमा निवेदन प्रबिष्ट गर्ने कार्य भइरहेकोले चाडैँ निस्सा वितरण गरिने प्रमुख देवकोटाले बताउनुभयो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले चुनावी प्रतिवद्दता पूरा गर्नतर्फ रहेकाे भन्दै अब काेहीपनि भूमिहीन हुन नपर्ने बताउनुभयाे । निस्सापछि लालपुर्जा वितरणका लागि गाउँपालिका लागिरहेको गुरुङकाे भनाइ छ ।
    राष्ट्रिय भूमि आयोग ताहाचल काठमाण्डौ र इच्छाकामना गाउँपालिकाबीच कार्य सहमति पत्रमा हस्ताक्षर गरि सकेपछि बिगतमा निवेदन फाराम भर्न छुट भएका भूमिहीन दलित भूमिहिन सुकुम्वासीलाई निवेदन फाराम भर्नको लागि २०७८ फागुन २६ गते राष्ट्रिय भूमि आयोगबाट ३५ दिने सूचना प्रकाशित भैसकेको र सो को लागि निवेदन फारामहरू सबै वडा कार्यालमा उपलब्ध गराइएको गराइएको प्रमुख देवकोटाको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.