तनहुँ । तनहुँ सेवा समाज दोहा कतारको १२औँ अधिवेशन सम्पन्न भएको छ । “सबल र समृद्ध जिल्ला निर्माणमा प्रबासीको योगदान, सहयोग र सदभाब सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मूल नाराका साथ् २००४ मा स्थापित संस्थाले ग्रीन होल रेस्टुरेन्ट ,मनसुरामा कार्यक्रम सम्पन्न भएको हो ।
समितिको अध्यक्षमा पदम गिरी, वरिष्ठ उपाध्यक्षमा मिनराज वाग्ले, उपाध्यक्षमा पदम बहादुर रानाभाट र रुक बहादुर रानाभाट निर्वाचित हुनुभएको छ ।
समितिको महासचिबमा सन्तोष रेग्मी, सचिबमा हेम आले,कोषाध्यक्षमा बम बहादुर रानाभाट र सह–कोषाध्यक्षमा सुर्य गिरी रहनुभएको छ । कार्यसमिति सदस्यहरुमा ऋशिराम थापा,उमेश रेग्मी, मिलन बि.क, तुलसी लामिछाने, सकुन्तला क्षत्री,बृहस्पति राना,ओम बहादुर थापा,ज्ञानेन्द्र शाही,तिल थापा मगर र दुर्गा नाथ सिग्देल रहनुभएको छ ।

नारायण प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष राकेश श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा एनसीसी कतार,संस्थाका सल्लाहकारहरु, दोहामा स्थापित बैचारिक संस्थाहरु ,जनजाति महासंघ कतार,नेपाल पत्रकार महासंघका शाखा कतार , नेपालि महिला समाज कतार,दोहामा स्थापित प्रदेश समन्वय परिषदहरुका अध्यक्ष तथा प्रतिनिधिहरु, गण्डकी प्रदेश समन्वय परिषद कतारमा सम्बद्ध जिल्ला संस्थाका अध्यक्षहरु र नेपाल मगर संघ कतारका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
महासचिवद्वारा प्रस्तुत प्रगति प्रतिबेदन,कोषाध्यक्षको आर्थिक प्रतिबेदन सर्बसम्मत पारित भएको छ ।
पदम गिरीले स्वागत गर्नुभएको कार्यक्रममा संस्थाका कलाकारद्वारा बिबिध सास्कृतिक प्रस्तुति समेत रहेको थियो । साथै खेलाडी र कलाकारहरुलाई सम्मान समेत गरिएको थियो । मिनराज वाग्लेले संचालन गर्नुभएको कार्यक्रममा बिधान समितीद्वारा बिधान सम्सोधन र संसोधित बिधान २०७८ पारित गरिएको छ ।




