×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एक घर एक धारा अभियानले इच्छाकामनामा पायो तीव्रता, मेट्राङमा उद्घाटन


  •   सोमबार, चैत २१, २०७८
  • चितवन। चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्र पारेको छ । खानेपानीको सहज उपलब्ध नहुँदा घण्टौँ हिँडेर डोकोमा बोक्दै खानेपानी व्यवस्थापन गर्नुपर्ने स्थानीयको पीडालाई सधैँका लागि अन्त्य गर्न गाउँपालिकाले यो अभियानलाई निरन्तरता दिएको हो ।

    Advertisement

    गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङका अनुसार पछिल्लो पटक इच्छाकामना १ मेट्राङमा खानेपानीको धारा पुगेको छ । त्यहाँका ५८ घरधुरीमा खानेपानी धारा निर्माण सम्पन्न भएसँगै हिजो उद्घाटन गरिएको हो ।

    गाउँपालिका अध्यक्ष गुरुङले एक कार्यक्रमकाबीच खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो । आफुले निर्वाचनमा गरेको वाचा पुरा गरेको बताउँदै निर्वाचनका समय मत माग्न आउँदा खाना खाएर रुखको पातले हात पुछेको स्मरण गर्दै त्यो सम्मको समस्यालाई समाधान गर्न पाउँदा धेरैनै खुसी मिलेको गुरुङको भनाई थियो ।

    वाइन टु वाटरसंगको सहकार्यमा लिफ्टिङ मार्फत ५८ घरधुरीमा खानेपानी धारा पु¥याउन सफल भएको उहाँले बताउनुभयो । साथै अध्यक्ष गुरुङले सबै वडाका बस्तीहरुमा सडक पुगेको धेरै जसो घरघरमा खानेपानी, प्रत्येक वडामा स्वास्थ्य सेवा पु¥याइएको बताउनुभयो । चुनावी प्रतिवद्धता पूरा हुँदै गएको भन्दै उहाँले बाँकी योजनालाई पनि तीव्रताका साथ काम गरेर सम्पन्न गर्ने चरणमा रहेको बताउनुभयो ।


    कार्यक्रममा बोल्दै वाइन टु वाटरका प्रमुख कार्यकारी अधिकृत प्रमोद चन्दनले आगामी दिनमा यहाँका चेपाङ समुदायको आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वाइनटुवाटर नेपालका कार्यकारी अधिकृत रोशनी कार्की सापकोटाले छोटो समयमै खानेपानी आयोजना सम्पन्न भएको बताउँदै घरघरमा पानी आइसकोले अब सरसफाईमा लाग्न सुझाव दिनुभयो ।

    सुन्दर गाउँ बनाउन सबै लाग्नुपर्नेमा जोड दिँदै पानीलाई सुद्धिकरण गरेर पिउन उहाँको आग्रह छ। खानेपानी उपभोक्ता समितिका अध्यक्ष धन बहादुर चेपाङले घण्टौ लगाएर कुवाबाट पानी भर्नु पर्ने समस्या सामाधान भएको बताउनुभयो ।

    गाउँपालिका अध्इक्ष सहितका जनप्रतिनिधि र वाइन टु वाटरका प्रतिनिधिहरुलाई उहाँले धन्यावाद दिनुभयो । वाइन टु वाटरका वास संयोजक यज्ञराज जोशीले ४६ लाखमा आयोजना समपन्न भएको जस मध्ये १२ लाख गाउँपालिका र बाँकी वान टु वाटरको आर्थिक सहयोग रहेको जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, वडाध्यक्ष नन्दलाल गिरि, वडा सदस्य लगायतको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.