×
शनिबार, बैशाख १९, २०८३
☰
शनिबार, बैशाख १९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

राम मन्दिरको थप प्रचारका लागि माडीमा आजदेखि महायज्ञ गरिदै


  •   शनिबार, चैत १९, २०७८
  • चितवन । चितवनको माडी नगरपालिका ९ मा निर्माण गरिएको राम मन्दिर परिसरमा आजदेखि महायज्ञ गरिदै छ । मन्दिरको थप प्रचारप्रसार र आयोध्याधाम निर्माणका लागि प्रमाण समेत जुटाउन सहयोग पुग्नेगरी श्री रामायण पाठपारायण नवाह गरिने भएको हो ।

    Advertisement

    रामनवमी पर्वको अवसर पारेर चैत १९ देखि २८ गतेसम्म महायज्ञ हुने र करिव १ करोड ५० लाख संकलन गर्ने लक्ष्य राखिएको मूल आयोजक समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले जानकारी दिनुभयो ।

    महायज्ञ सफल बनाउन भण्डारीको अध्यक्षतामा रामायण पाठपरायण महाज्ञान यज्ञ संचालक समिति गठन गरिएको छ । १२५ सदस्यीय मुल समिति र १३ वटा उपसमिति छन् । अयोध्याधाम व्यवस्थापन समितिलाई अनगमनको जिम्मा दिइएको छ । अध्यक्ष भण्डारीले अयोध्याधामका लागि पर्याप्त प्रमाण रहेको तर उत्खनन् गर्न सरकारले बजेट नदिएको गुनासो गर्नुभयो । अहिलेको महायज्ञले प्रमाण जुटाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    कार्यक्रममा भारतको विहार लगायत नेपालका विभिन्न ठाउँबाट भक्तजनहरु आउने अपेक्षा गरिएको माडी नगरपालिकाका प्रवक्ता एवम् वडानम्वर ९ का वडाअध्यक्ष शिवहरी सुवेदीले जानकारी दिनुभयो ।महायज्ञको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेनाले दिउँसो १ बजे उद्घाटन गर्नुहुने सुवेदीले बताउनुभयो । उद्घाटन अघि सरुई नदीका पानी लिएर १०८ वटा कलश सहित यात्रा हुने उहाँको भनाई छ ।

    अयोध्याधाम बनाउन वडामा रहेको १ सय विघा जमिन छुट्याएपनि केपी ओली नेतृत्वको सरकारले दिएको २ करोड बजेट अर्को सकार आउनासाथ कटौती भएको भन्दै माडीको विकासमा राजनीति नगर्न आग्रह गर्नुभयो ।

    कथा शिरोमणी पण्डीत दिपक प्रसाद पौडेलले कथा बाचन गर्नुहुने प्रचारप्रसार समितिका संयोजक रामप्रसाद भण्डारीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.