×
शनिबार, जेठ २३, २०८३
☰
शनिबार, जेठ २३, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चैत १९ देखि तेस्रो अन्तर्राष्ट्रिय चितवन भेटेरान कप हुने


  •   बुधबार, चैत १६, २०७८
  • चितवन । स्वर्गीय दिलिप राणा स्मृति तेस्रो अन्तर्राष्ट्रिय भेटेरान कप फुटबल चैत १९ गतेदेखि हुने भएको छ । चितवन भेटेरान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता भरतपुर ७ स्थित कृष्णपुर रंगशालामा २४ गतेसम्म चल्नेछ ।

    Advertisement

    क्लबले यस पटक स्व. राणा स्मृतिको नाममा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपाल र भारतका १६ क्लब सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिएको छ ।

    समूह ए मा चितवन भेटेरान रातो, कैलाली भेटेरान, वौद्ध भेटेरान फुटबल क्लब काठमाडौं, सिमरा भेटेरान, ठमेल ११ भेटेरान काठमाडौं, अभिषेक चर्च रजहर, एन आर टी काठमाडौं र हेटौंडा भेटेरान रहेका छन् ।

    समूह बी मा साबिक विजेता काल भैरव भेटेरान हेटौंडासहित फ्रीडम फाइटर भेटेरान काठमाडौं, बगरभाई खलक भेटेरान पोखरा, कलकत्ता भेटेरान भारत, सानो गौचरन भेटेरान काठमाडौं, बुटवल उपमहानगरपालिका भेटेरान, चितवन भेटेरान निलो र नवलपुर भेटेरान रहेका छन् ।

    प्रतियोगिता यस पटक नाइन ए साइड हुनेछ । हरेक दिन बिहान २ र दिउँसो २ गरी चार खेल हुनेछ । उद्घाटनको दिन भने एक खेल मात्र हुनेछ । उद्घाटन खेल काल भैरव हेटौंडा र फ्रीडम फाइटर काठमाडौंबीच दिउँसो ३ बजे हुनेछ ।

    विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्ने क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ताले पाँच÷पाँच हजार प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले तीन÷तीन हजार प्राप्त गर्नेछन् ।

    प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च हुने संयोजक भरत सुवेदीले जानकारी दिनुभयो । किया मोटर्स प्रतियोगिताको मुख्य प्रायोजक हो भने भरतपुर महानगरपालिका सह आयोजक हो। गत वर्ष नै हुनुपर्ने प्रतियोगिता कोभिडका कारण यस वर्ष आयोजना गरिएको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सुवेदीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.