×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

रत्ननगरमा मातृशिशु भवनको शिलान्यास, बहुवर्षिय योजनामा तीन वर्षभित्र निर्माण सकिने


  •   सोमबार, चैत १४, २०७८
  • चितवन । चितवनको रत्ननगर नगरपालिका २ मा मातृशिशु भवन बन्ने भएको छ । बकुलहर रत्ननगर अस्पताल परिसरमा तीन तलाको सुविधा सम्पन्न भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ ।

    Advertisement

    शिलान्यासपछि सम्बोधन गर्दै नगरप्रमुख नारायण वनले हेल्थपोष्टलाई प्रदेश मातहतको अस्पताल बनाउन सफल भएको बताउँदै स्वास्थ उपचारका लागि भरतपुर र काठमाडौं जानुपर्ने वाध्यताको अन्त्य भएको बताउनुभयो ।

    अब नर्सिङको पढाइ सुरु गर्ने लक्ष्य रहेको बताउँदै मातृशिशु भवन निर्माणपछि थप व्यवस्थित सेवा दिन सहयोग पुग्ने जानकारी दिनुभयो । साथै थेरापी, डायलासीसको सुविधा सुरु भईसकेको भन्दै थप डायलासिसका मेशिन थप्ने उहांको भनाइ थियो ।

    उप–प्रमुख विमला दुवाडीले उपचार अभावमा आमा,दिदिबहिनीहरुले समस्या भोग्नुनपर्ने बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्मचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिशिर पौडेलले १४ करोड ५८ लाख ९७ हजार लागत अनुमान गरेपनि आशिष योगेश्वर गृह जेभि काठमाण्डौले ९ करोड ५८ लाख ८६ हजारमै ठेक्का सकारेको जानकारीदिनुभयो ।

    चालु आर्थिक वर्षमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले १ करोड ५० लाख र रत्ननगर नगरपालिकाले १ करोड ५० लाख बजेट दिएर काम सुरु गरिने र बहुवर्षिय आयोजनाका रुपमा तीन आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन डा. विश्ववन्धु वगालेले ५० बेडको मातृशिशु भवन संचालनमा आउने र यसले भरतपुर अस्पतालमा सुत्केरी गराउनेको भीडलाई कम गर्नुका साथै पूर्वी चितवनको गुणस्तीय सेवा दिने अस्पताल हुने दावी गर्नुभयो ।

    रत्ननगरको मध्य भागमा अवस्थित बकुलहर रत्ननगर अस्पताल २०२४ सालमा स्थास्थ्य चौकीका रुपमा स्थापना भइ त्यस क्षेत्रका वासिन्दाहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउदै आइरहेको छ । २०६५ सालमा १५ शैया क्षमताको अस्पतालमा स्तरोन्नती भएर २०७७ सालमा प्रदेश सरकार मातहत व्यवस्थापन हुने गरि ५० शैयाको क्षमतामा स्तरोन्नती भएको छ ।

    स्थापनाकाल देखि नै मातृशिशु सम्बन्धि गर्भवती जाँच, खोप सेवा, सामान्य प्रसुती सेवाहरु उपलब्ध गराउँदै आएता पनि अपरेसन सहितको प्रसुती सेवा उपलब्ध नहुँदा अधिकांश सेवाग्राहीको रोजाइमा पर्न सकेको थिएन । तर २०७३ साल फागुन ४ देखि स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध भए सँगै सेवाग्रहीको मन जित्न समेत सफल भइरहेको छ ।

    अहिले अपरेशन सहित २४ सै घण्टा प्रसुती सेवा शुरु भए सँगै अस्पतालमा मातृशिशु सेवाले गति लिदै गयो । २०७४ साल मंसिर २० गते अस्पतालको अपरेशन थियटरमा शल्यक्रिया गरि पहिलो पटक बच्चा जन्माइएको थियो ।

    सेवाग्राही बढ्दैजादा अस्तपतालमा मातृशिशु सम्बन्धी सम्पूर्ण सेवाहरु छुट्टै ब्लक बाट उपलब्ध गराउन अस्पताल परिसरमा भवनका लागि आज शिलान्यस गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.