×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

निकुञ्जले फेरि लगायो चेपाङको घर गोठमा आगो, मेयर ढकाल रातीनै कुसुम खोला पुगे


  •   सोमबार, चैत १४, २०७८
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रमा अतिक्रमण गरी बनाइएको घर गोठ आगो लगाएर नष्ट गरेको छ । हिजो साँझपख निकुञ्जबाट खटिएको टोलीले माडी नगरपालिकाको कुसुमखोलामा चेपाङहरुले बनाएका घर गोठ आगो लगाएर नष्ट गरेको हो ।

    Advertisement

    निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार पहिलादेखिनै वस्दै आएका एक जना स्थानीयको घरमा केही गरिएको छैन । नयाँ मानिसहरु आएर बनाएको टहरा र घर गोठ नष्ट गरिएको र निकुञ्जलाई अतिक्रमणबाट जोगाएको तिवारीले बताउनुभयो ।

    तिवारीले भन्नुभयो,“नगरपालिकाले व्यवस्थापन गरिसकेका व्यक्तिहरु फेरि जाने, टहरा हाल्ने गरेपछि सम्झाउने पठाउने नियमित भइरहेको हो । संयुक्त रुपमा पुगेको हाम्रो टोलीले सदियौँ वस्दै आएको घरमा केही क्षती गरेको छैन । नयाँ थपिएका टहराहरु नष्ट गरिएको जानकारी आएको छ ।”

    निकुञ्जको मध्यवर्ती क्षेत्र रहेको उक्त स्थानमा रहेका १६० घरमध्ये १५९ घरका परिवारलाई माडी नगरपालिकाले यसअघिनै स्थानान्तरण गरेको थियो । नगरपालिकासँग यसअघिनै त्यहाँ कसैलाई नराख्ने सहमति भएको र अहिले नयाँ संरचना बनाएर क्षेत्राधिकार कायम गर्न खोजेपछि नष्ट गरिएको तिवारीको दावी छ । यद्यपी अझै वस्तुनिष्ट रिपोर्टीङ निकुञ्जको टोलीबाट हुन बाँकी रहेको तिवारीको भनाई छ । पूरै वन क्षेत्र रहेको र अतिक्रमण गरी उनीहरु बसेको उहाँले बताउनुभयो । करिव १५ वटा टहरा हटाइएको तिवारीले बताउनुभयो ।

    माडी नगरपालिकाका नगरप्रमुख ठाकुर ढकालले भने नगरपालिकासँग कुनै सोधपुछनै नगरी निकुञ्जले आगो लगाएको बताउनुभयो । मानिसहरु बसीरहेको स्थानलाई जलाएर उठीवास बनाउनु गलत काम भएको उहाँको भनाई छ । आफू राति साँढे ८ बजे त्यहाँ पुग्दा स्थानीयको अवस्था दयनिय रहेको बताउनुभयो । ढकालले भन्नुभयो,“साँढे ६ बजे खवर पाउनासाथ म त्यहाँ पुगेँ । टाढा भएकाले साँढे ८ भयो । निकुञ्जले पहिला देखि वस्दै आउनुभएका काजीमान प्रजाको घर पनि जलाएको ढकालले बताउनुभयो ।
    अतिक्रमण नगर्ने सहमति अनुसारनै नगरपालिकाले प्याउली,राइडाँडामा त्यहाँको एक घर बाहेक सवै स्थानान्तरण गरिसकेको जानकारी दिनुभयो । तर केही व्यक्तिहरु पुन फर्कीएको र वाहिरी जिल्लाबाट समेत आएर बसेको आफूलाइ जानकारी आएको ढकालको भनाई छ । यद्यपी कति आएका छन् भन्ने तथ्याङ्क नभएको ढकालको भनाई छ।

    आगो लगाउनुको सट्टा सम्झाएर बुझाएर त्यहाँ खाली गराउनुपर्नेमा त्यसो नहुँदा दुख लागेको बताउनुभयो । नगरपालिकाले व्यवस्थापन गरेका मानिसहरुलाई त्यहाँबाट फर्कीन भनिएको छ भने अन्य जिल्लाबाट आएकोहरुलाई भने नगरपालिकाले व्यवस्थापन गर्न कठिनाइ हुने ढकालले बताउनुभयो । १६० घरमा काजीमान प्रजा मात्रै त्यहाँ रहेको नगरपालिकाले प्रष्ट पारेको छ । प्रजाले भने कृषि कर्म गर्ने जग्गा नपाएसम्म नगरपालिकाले भनेको स्थानमा नजाने अडान लिँदै त्यही बस्दै आइरहनुभएको थियो । उहाँ बाहेक अन्य सवैलाई नगरपालिकाले तल स्थानान्तरण गरेको हो ।

    उहाँलाई पनि चाँडै व्यवस्थापन गरिने ढकालको भनाई छ । नगरपालिकाले घर बनाएर व्यवस्थापन गर्ने तयारी हुँदैगर्दा त्यसरी आगो लगाउनुले निकुञ्जको रवैया उस्तै रहेको भान हुने ढकालको भनाई छ ।

    चाँडै स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न उहाँको आग्रह छ । ढकालले भन्नुभयो,“हामीले पनि ती स्थानमा राख्न भनेका छैनौँ । व्यवस्थापन भइरहेको छ । तर एक्कासी स्थानीय सरकारलाई जानकारी नदिई आगो लगाउने गर्दा समस्या समाधान कसरी हुन्छ ? हामीले व्यवस्थापन गरेका चेपाङहरुलाई विना व्याज र धीतो ऋण दिइरहेका छौँ । व्यवसायिक गराउने प्रयास जारी छ । निकुञ्जले समन्वय गरेर काम गर्नुुपर्छ । ”

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.