×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुरको कारागारमा निःशुल्क आँखा परीक्षण, पाँच जना कैदीबन्दीको मोतियाविन्दु अपरेशन गरिने


  •   आइतबार, चैत १३, २०७८
  • चितवन। चितवनका कैदीबन्दीको आज निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योती संघ भरतपुर आँखा अस्पतालको आयोजनामा ४४ औँ नेत्रज्योती दिवसको अवसरमा कारागार परिसरमै सो शिविर सम्पन्न भएको हो ।

    Advertisement

    भरतपुर आँखा अस्पताल आँखा बैँकको संयोजक छायाँ श्रेष्ठका अनुसार २९६ पुरुष र २० महिला कैदीबन्दीले सेवा लिएका छन् । त्यसमध्ये पाँच जनालाई मोतियाविन्दुको अपरेशनका लागि सिफारिस गरेको श्रेष्ठको भनाई छ ।

    आँखामा मासु बढेको समस्याका २ जना, चस्मा लगाउनलाई आँखा जाँचका लागि ६५ जनालाई सिफारिस गरिएको छ । यसरी सिफारिस गरिएका उनीहरुको निःशुल्क जाँच र अपरेशन हुने श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो,“प्रत्येक वर्षजस्तै हामीले ८, ९ जनालाई मोतियाविन्दुको अपरेशन सेवा निशुल्क दिइरहेका छौँ । ”

    साथै आँखा परीक्षणपछि निःशुल्क औषधि समेत वितरण गरिएको थियो । जेलमा भएपनि मानवअधिकारको सुनिश्चितताका लागि आफूहरुले वर्षैपिच्छे विगत २० वर्षदेखि यसरी आँखा परीक्षण सेवा दिँदै आएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“सवैले जाँच गराउन पाउँदा समस्या थाहा हुनेभयो । आँखा जस्तो संवेदनशील अंगमा हुने ससाना समस्या चाँडै पत्ता नलाग्न सक्छ तर यसरी गरिने शिविरले ठूलो सहयोग मिलेको छ । ”

    जेलर कमलप्रसाद काफ्लेका अनुसार ठूलै समस्या भएमा अस्पताल लैजाने गरेपनि सामूहिक जाँचबाट उनीहरुले राम्रो स्वास्थ्य सेवा र परामर्श पाएको बताउनुभयो ।


    चितवन कारागारको क्षमता २० जना महिला र २५५ जना पुरुष भएपनि अहिले महिला, पुरुष र आश्रित वालवालिका सहित ७३८ जना रहेको काफ्लेले जानकारी दिनुभयो। जसमा ५४ जना महिला, २ जना आश्रित बालिका र बाँकी पुरुष रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.