×
आइतबार, जेठ १७, २०८३
☰
आइतबार, जेठ १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

राप्रपा चितवनद्वारा भरतपुर १५ वडाका लागि उम्मेदवार छनौट


  •   शनिबार, चैत १२, २०७८
  • चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले उम्मेदवार घोषणा अभियान सुरु गरेको छ । भरतपुर महानगरपालिकाको १५ नम्बर वडाका लागि वडाध्यक्ष सहित ५ जनानै उम्मेदवार घोषणा गरिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धेरै सिट जित्ने रणनीतिका साथ राप्रपा चितवनले घरदैलो तथा उम्मेदवार घोषणा कार्यक्रमलाई तीव्र बनाएको छ ।

    Advertisement

    वडाध्यक्षमा गोपाल गुरुङ, महिला सदस्यमा विष्णुमाया गुरुङ, दलित महिला सदस्यमा विष्णु विश्वकर्मा, खुल्ला सदस्यहरुमा नविन अधिकारी र किशोर कुमार श्रेष्ठलाई पार्टीले उम्मेदवार छनौट गरेको हो । वडाध्यक्षका उम्मेदवार गुरुङ २२ वर्ष भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो ।

    उहाँ सामाजिक काममा समेत सक्रिय हुनुहुन्छ । विपन्न समुदायका वस्तीमा आर्थिक तथा जिन्सी सहयोग गर्दै आउनुभएका उहाँले मन्दीर, गुम्बा निर्माणमा समेत सहयोग गर्दै आउनुभएको छ । वडाध्यक्षका उम्मेदवार गुरुङले १५ नम्बर वडाभित्रको गरिबी निवारण गर्न लागिपर्ने बताउनुभएको छ ।

    गरिब तथा विपन्न वस्तीमा विकासको लहर लैजाने दायीत्व पुरा गर्ने बताउनुभयो । उम्मेदवार घोषणा कार्यक्रममा राप्रपा केन्द्रीय सह-महामन्त्री तथा बागमती प्रदेश सांसद रिना गुरुङ, सहमहामन्त्री प्रेम बलायर, राप्रपा बागमती प्रदेशका उपाध्यक्ष ज्ञानुजंग लामा लगायतको सहभागिता रहेको थियो ।

    सहमहामन्त्री रिना गुरुङले वडातहमा विकासको लहर ल्याउन राप्रपाका उम्मेदवारनै उपयुक्त विकल्प भएको दाबी गर्नुभयो । विकासमा राजनीति गर्नेबाट वडातहका समस्या समाधान नहुने भएकाले इमन्दार जनप्रतिनिधिको खाँचो रहेको बताउनुभयो । राप्रपाका बागमती प्रदेश उपाध्यक्ष ज्ञानुजंग लामाले कमिसन लिएर गरिएका कालोपत्रे विकास देखाएर भोट माग्न आउनेलाई यसपालीको चुनावमा जनताले नपत्याउने बताउनुभयो । राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले चितवनका ९८ वटै वडाका लागि उम्मेदवार घोषणा कार्यक्रम यही २० गतेभित्र पूरा गरिने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.