×
आइतबार, मङि्सर ०७, २०८३
☰
आइतबार, मङि्सर ०७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

अयोध्याधामको प्रचारप्रसारका लागि माडीमा महायज्ञ गरिने


  •   शनिबार, चैत १२, २०७८
  • चितवन । चितवनको माडी नगरपालिका ९ मा निर्माण गरिएको राम मन्दिर परिसरमा महायज्ञ गरिने भएको छ । मन्दिरको थप प्रचारप्रसार र आयोध्याधाम निर्माणका लागि प्रमाण समेत जुटाउन सहयोग पुग्नेगरी श्री रामायण पाठपारायण नवाह हुने भएको हो ।

    Advertisement

    आज भरतपुरमा पत्रकार सम्मेलन गरी आयोजकले रामनवमी पर्वको अवसर पारेर कार्यक्रम गर्ने जानकारी दिएको हो । चैत १९ देखि २८ गतेसम्म महायज्ञ हुने र करिव १ करोड ५० लाख संकलन गर्ने लक्ष्य राखिएको मूल आयोजक समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले जानकारी दिनुभयो ।

    महायज्ञ सफल बनाउन भण्डारीको अध्यक्षतामा रामायण पाठपरायण महाज्ञान यज्ञ संचालक समिति गठन गरिएको छ । १२५ सदस्यीय मुल समिति र १३ वटा उपसमिति छन् । अयोध्याधाम व्यवस्थापन समितिलाई अनगमनको जिम्मा दिइएको छ । अध्यक्ष भण्डारीले अयोध्याधामका लागि पर्याप्त प्रमाण रहेको तर उत्खनन् गर्न सरकारले बजेट नदिएको गुनासो गर्नुभयो ।

    कार्यक्रममा भारतको विहार लगायत नेपालका विभिन्न ठाउँबाट भक्तजनहरु आउने अपेक्षा गरिएको माडी नगरपालिकाका प्रवक्ता एवम् वडानम्वर ९ का वडाअध्यक्ष शिवहरी सुवेदीले जानकारी दिनुभयो । अयोध्याधाम बनाउन वडामा रहेको १ सय विघा जमिन छुट्याएपनि केपी ओली नेतृत्वको सरकारले दिएको २ करोड बजेट अर्को सकार आउनासाथ कटौती भएको भन्दै माडीको विकासमा राजनीति नगर्न आग्रह गर्नुभयो ।

    कथा शिरोमणी पण्डीत दिपक प्रसाद पौडेलले कथा बाचन गर्नुहुने र महायज्ञको तयारी तीव्र पारिएको प्रचारप्रसार समितिका संयोजक रामप्रसाद भण्डारीले बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद विजय सुवदीले देशको इतिहास, सभ्यता जोगाउनुपर्ने बताउँदै माडीमा अयोध्याधामका लागि राजनीतिबाट माथि उठेर एक हुन आह्वान गर्नुभयो । वडानम्वर ८ का वडाअध्यक्ष कृष्णराज अधिकारी लगायतको उपस्थिती थियो ।

    महायज्ञमा देशभरका भक्तजनहरुलाई उपस्थितीका लागि आयोजकले आह्वान गरेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.