×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भोलिदेखि चितवनमा २० लाख राशिको राष्ट्रिय महिला लिग हुने


  •   बुधबार, चैत ०९, २०७८
  • चितवन । दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल लिग भोलि देखि हुँदैछ । आज पत्रकार सम्मेलनको आयोजनागरी लिगको तयारी पूरा भएको स्थानीय आयोजक चितवन जिल्ला फुटवल संघ चितवनका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिनुभयो ।

    Advertisement

    यस पटक लिगको पहिलो चरणका खेलहरु चितवनको भरतपुरमा हुँदैछ । लिगको पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नुहुनेछ । लिगका लागि गत फागुन ३ गते अखिल नेपाल फुटबल संघ एन्फा र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको थियो ।

    डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु भरतपुर १९ शारदानगर स्थित खेल मैदानमा हुनेछ । पहिलो चरणका खेलहरु चैत ३० गतेसम्म हुनेछ । दोस्रो चरणका २८ खेल बिराटनगरमा हुनेछ । सोही चरणमा विजेता उपविजेता छनौट हुनेछन् । प्रत्येक दिन दुई खेल खेलाइने र दिउसो २ र ४ बजे खेल सुरु हुनेछ ।

    उद्घाटनको दिन भोलि एक खेल मात्रै हुनेछ । यसका लागि मैदानमा २ हजार दर्शक क्षमताको अस्थाई प्याराफिट बनाईएको छ । यस पटक लिगमा तीन बिभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछ ।

    उद्घाटन खेलमा भोलि साबिक विजेता एपिएफ र साबिक उपबिजेता त्रिभुवन आर्मी भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । लिग विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ ।

    तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै फेयर प्ले टिमले एक लाख पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् ।

    सबै टिमलाई तयारीका लागि दश लाख दिने एन्फाकी केन्द्रीय सदस्य पेमा लामाले जानकारी दिनुभयो । तर हालसम्म पनि सो रकम नपाउँदा तयारीमा समस्या भएको खेलाडीहरुको भनाई थियो । ललितपुरकी टीम म्यानेजर सरिला श्रेष्ठले भन्नुभयो,“दिने भनेर पनि हालसम्म पाइएको छैन । हामीलाई खेलाडी व्यवस्थापन र अभ्यासका लागि निकै समस्या छ । अहिले व्यक्तिगत खर्च गरी खेलाडी तयार पारिहेका छौँ । ” लिग सम्पन्न गर्नका लागि दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ । भरतपुर महानगरपालिकाले २० लाख दिने बताएको अध्यक्ष कार्कीको भनाई छ । खेल हेर्नका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको स्थानीय आयोजक चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले जानकारी दिनुभयो। उद्घाटनको दिन भने नि:शुल्क प्रवेशको व्यवस्था गरिएको उहाँको भनाई छ ।

    प्री म्याच कन्फ्रेन्समा कसले के भने ?

    महिला लिगको पहिलो खेलमा एपिएफ र आर्मी भिड्दैछ । खेल अघिको प्री म्याच कन्फ्रेन्समा एपिएफकी प्रशिक्षक जमुना गुरुङले सावित्रा खेल्नका लागि फिट रहेको बताउनुभयो । तर गुरुङले पहिलो खेलमा भने उहाँलाई आराम दिने संकेत गर्नुभयो । लिगमा सुखद सुरुवात गर्ने योजनाका साथ मैदान उत्रिने उहाँको भनाइ थियो ।

    आर्मीका मुख्य प्रशिक्षक चक्र तामाङले टिमका ११ खेलाडी नै महत्वपूर्ण रहेको बताउँदै भोलि तीन अंकका लागि मैदान उत्रिने बताउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.