×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जनयुद्धका उपलब्धि रक्षाका लागि पनि चुनाव जित्नैपर्छ : नारायण दाहाल


  •   आइतबार, चैत ०६, २०७८
  • चितवन । जनयुद्ध बाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि अवको चुनाव माओबादी ले जित्नै पर्ने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश इन्चार्ज नारायण दाहालले बताउनुभएको छ ।

    Advertisement

    भरतपुर १३ समिति ले आयोजना गरेको पार्टी कार्यालयको उद्घाटन गर्दै उहाँले पार्टी नयाँ अभियान का साथ अगाडि बढेको छ र सवै वर्ग, क्षेत्र, लिङ्ग, जातको प्रतिनिधित्व रहेको भन्दै यस पटकको चुनाव जित्नुपर्नेमा जोड दिनुभएको हो ।

    माओवादी युद्ध प्रचण्ड पथको निर्देशनमा सापेक्षित निष्कर्षमा पुगेको र त्यहीं अनुरुप अहिले भएका परिवर्तन सम्भव भएको उहाँको दावी थियो । स्थानीय निर्वाचन नजिकै रहँदा नेता दाहालले चुनाव जित्ने गरी तयारी गर्न कार्यकर्तालाइ निर्देशन दिनुभयो । खुट्टा मात्र कमाए पनि सबै उपलब्धि गुम्ने खतरा रहेको ले सचेत हुन उहाँको आग्रह थियो ।

    राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशले, अन्तरविरोध, राजनीतिक ध्रुविकरण आदिले गर्दा युद्द अनुरुप पुर्ण उपलब्धि हुन नसकेको र यसका लागि नयाँ विचारको संश्लेषण आवश्यक रहेकोमा दाहालको जोड थियो । यसकै मद्दतले गर्दा समाजवादी क्रान्तिको बाटो अव टाढा नरहने ठोकुवा गर्नुभयो ।
    एमाले संगको एकता गर्दा थोरै भुल भएको भन्दै दाहालले भन्नुभयो,“ प्रतिगामी चरित्र भएका ओलीको हातमा नेतृत्व जाँदा पार्टी अघि बढ्न नसकेको र ओली नयाँ समाजवादी क्रान्तिको उल्टो बाटो मा हिँडेका कारण छुट्टीनु परेको हो।”

    कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज रेणु दाहाल, केन्द्रीय सदस्य एवं पूर्व जिल्ला अध्यक्ष यम बहादुर परियार, वाग्मती प्रदेशका श्रम तथा यातायात मन्त्री घनश्याम दाहाल,चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारी, भरतपुर महानगर अध्यक्ष ईश्वर सापकोटा, वाग्मती प्रदेश सदस्य गोपाल न्यौपाने, भरतपुर १३ का वडाध्यक्ष प्रकाश दवाडी,अखिल क्रान्तिकारी चितवनका अध्यक्ष अविनाश रम्तेल र पार्टीका वार्डका विभिन्न तप्काका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। भरतपुर १३ का पार्टी अध्यक्ष सुदिप सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाइ सचिब टंक बास्तोलाले सहजिकरण गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.