×
शनिबार, बैशाख १९, २०८३
☰
शनिबार, बैशाख १९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

काँग्रेस गाँजर र कम्युनिष्टहरु खरबुजा हुन् : काँग्रेस बागमती सभापति बानिया


  •   शनिबार, चैत ०५, २०७८
  • चितवन । नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाले आफ्नो पार्टी गाँजर भएको बताउनुभएको छ । गाँजर बाहिरपनि रातै र भित्रपनि सोही रङको हुने बताउँदै काँग्रेसपनि बाहिर जे भन्छ सोही कार्य गर्ने पार्टी भएको बताउनुभयो । तर कम्युनिष्टहरु खरबुजा भएको भन्दै बाहिर अर्कै र भित्र अर्कै गतिविधि गर्नेहरुसँग सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

    Advertisement

    काँग्रेस जनतासँग झुठ नवोल्ने बताउनुभयो। तर कम्युनिष्टहरु भने खरबुजा जस्तो बाहिर अर्कै भित्र अर्कै रङ भएजस्तै व्यवहार गर्ने उहाँको भनाई थियो । प्रजातन्त्रवादी चिकित्सक संघ नेपालको पदस्थापना कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाले काँग्रेसले बनाउने स्वास्थ्य नीति सेवामुखि हुनुपर्ने बताउनुभयो । बागमती प्रदेशमा काँग्रेसले नेतृत्व गर्ने अवसर आए उपचारको अभावमा जनता मर्नुपर्ने अवस्थाको अन्त्य गर्ने समेत उहाँको भनाई थियो ।

    काँग्रेस निकट चिकित्सकहरु सामाजिक सेवामा समर्पित हुन निर्देशन दिँदै उहाँले गरिव जनतालाई सहजै सेवा दिनुपर्नेमा जोड दिनुभयो । साथै काँग्रेस नेतृत्वको सरकार आउनासाथ बागमती प्रदेश मातहतका चिकित्सकको निःशुल्क उपचार हुनेगरी व्यवस्था गर्ने बानियाले बताउनुभयो ।

    कार्यक्रममा बोल्दै प्रजातन्त्रवादी चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल विक्रम कार्कीले राज्यले दिने सेवासुविधाको कमीले दक्ष चिकित्सकहरु पलायन भइरहेको भन्दै चाँडै लोकसेवा जस्तै चिकित्सा सेवा आयोग बनाउन माग गर्नुभयो । अहिलेका निजामती कर्मचारीको लापार्वाहीले नेपालका चिकित्सकहरुले दुख पाइरहेको उहाँको भनाई थियो ।

    यस अघिको कार्यक्रमबाट डा. मनोर दिन सैयदको अध्यक्षतामा ३५ सदस्यीय बागमती प्रदेश कार्यसमिति गठन गरिएको थियो । जसको उपाध्यक्षमा डा.शुसिल अधिकारी,महासचिवमा डा.प्रविण बहादुर बस्नेत,सचिवमा डा. अञ्जन सिँह कार्की, कोषाध्यक्षमा डा. गोविन्द कडेँल, सहकोषाध्यक्षमा डा. रोशिना थापा रहेका छन् ।

    त्यस्तै जिल्ला संयोजकहरुमा चितवनमा डा. शकर लौडारी, मकवानपुरमा डा. प्रमोद चौरासीया,काठमाण्डौमा डा. तीर्थराज भण्डारी, भक्तपुरमा डा. राजेन्द्र प्रजापति, दोलखामा डा. प्रदिप न्यौपाने, रामेछापमा डा.श्रवण कुमार थापालाई चयन गरिएको छ ।

    कार्यक्रममा अध्यक्ष डा. मनोर दिन सैयदले चिकित्सकलाई हातपात गर्नेलाई विना धरौटी सिधै जेल हाल्ने कानुन बनाउनुपर्ने र कार्यक्षेत्र असुरक्षित हुँदासम्म संघले विभिन्न आन्दोलन गरिरहने बताउनुभयो । साथै केही ऐन नियमहरु शंसोधन गर्नुपर्ने बताउँदै चिकित्सकहरुको पेशागत हित अधिकारका लागि संघ लडिरहने बताउनुभयो ।
    कार्यक्रममा भुमि सुधार तथा सहकारी मन्त्री बलराम पौडेल, उद्योगा वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ लगायतको उपस्थिती थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.