×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एनआरएनए टुट्दैन, धेरै काम गर्न बाँकी छ संस्था बचाउनुपर्छ : उपाध्यक्षका उम्मेदवार आर के शर्मा


  •   शनिबार, चैत ०५, २०७८
  • चितवन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का सचिव एवम् आगामी महाधिवेशनका उपाध्यक्ष उम्मेदवार आर के शर्माले नेपालीका लागि नेपाली भनेर स्थापना भएको संस्था कुनै हालतमा टुक्रिन नहुनेमा जोड दिनुभएको छ ।

    Advertisement

    चितवनमा कुराकानी गर्दै उहाँले आजभन्दा १९ वर्ष पहिला नेपालीका लागि नेपाली भन्ने नारा सहित स्थापना भएको भन्दै संस्थाले आजसम्म नेपालमा संकटपर्दा निरन्तर सहयोग गर्दै आइरहेको बताउनुभयो । नेपालमा भुकम्प जाँदा होस, बाढीपहिरो वा कोरोना महामारीमा अक्सिजन अभावभई छटपटाइरहदा होस्, निरन्तर सहयोग गर्दै आएको पवित्र संस्था टुक्रिन नहुनेमा उहाँको मत थियो ।

    अझै धेरै काम गर्न बाँकी नै रहेको भन्दै संस्था ठूलो हुँदै जाँदा नेतृत्व गर्न चाहानेहरु बढ्नु स्वभाविक भएको उहाँको तर्क छ । संस्थामा लिन भन्दा दिन जाने भएकाले संस्थापक अध्यक्षले भनेजस्तै चुनावका तीन महिना निकै कठिन हुने शर्माको भनाई छ । चुनावको तीन महिना संस्थालाई बचाउन सके समस्या समाधान हुने भन्दै छलफलाई तीव्र पार्ने बताउनुभयो ।

    तीन महिना निकै संकटपूर्ण रहने भन्दै डेलिगेट्स छनौट प्रकृयामा विवाद भएको बताउनुभयो । आर्थिक अनियमितताको आरोप आएपछि अहिले अनलाइन भोटिङको व्यवस्था गरिएको छ । जुन नयाँ सुरुवात हो । विश्वभर १ लाख सक्रिय सदस्य हुँदैगर्दा ६५ प्रतिशत पुरानो कार्यसमितिले छनौट गर्ने, २५ नयाँ र १० विज्ञ लगायत अध्यक्षका प्रत्यासीले छनौट गर्ने व्यवस्थाले असहज स्थिती आएको उहाँको भनाई छ । तर संस्था नटुट्ने शर्माको विश्वास छ ।

    भएका विवादमा एकले अर्कोलाई सम्वोधन हुनेगरी निष्कर्शमा पुग्नुपर्ने बताउँदै एनआरएनए फुट्न नहुने पाँच कारण उहाँले पेश गर्नुभएको छ । उहाँका अनुसार मलेसीया,जापान कोरिया आदिबाट पसीना बगाएर मजदुरले पठाएको रेमिट्यान्स सही ठाउँमा सदूपयोग गर्न, कल्याणकारी कोष स्थापना गर्नुपर्ने र त्यसरी जम्मा भएका ससाना पुँजी एकीतृत गरेर ठूलाठूला आयोजनामा लगानी गरी रोजगारी सृजना गर्न बाँकी रहेको र यसलाई पूरा गर्नु संस्था बाँच्नुपर्ने उहाँको भनाई छ । भाषा, कानुन लगायत ज्ञानको अभावमा नेपालीहरुले अनाहकमा दु:ख पाइरहेको,जेल जीवन विताइरहेकाले उनीहरुको उद्दारकालागि पनि संस्था निरन्तर रहनुपर्ने, १० अर्बको इमरेजिङ फण्ड बनाउने कार्यपनि पूर्वमन्त्री गोकर्ण विष्टको समय निर्णयभएपनि कार्यान्वयन नभएकाले त्यसलाई पूर्णता दिनपनि संस्था चाहिने बताउनुभयो । थोरै आम्दानी हुनेलेपनि यो फण्डमार्फत लगानी गर्न सक्ने सुविधा हुने उहाँको भनाई छ । त्यस्तै नागरिकताको निरन्तरता गराउन,गोर्खाजहरुको वीरतालाई कायम राख्दै समान सम्मानका मुद्दा स्थापित गराउन, बाहिर हासिल गरेका सिपलाई स्वदेशमा लगाउने वातावरण बनाउनपनि संस्था बचाउनुपर्ने शर्माको तर्क छ ।

    संस्था अहिले समुन्द्रको बीचमा डुंगा रहेजस्तै भएको र यसलाई पार लगाउन सवै गम्भिर भएर लाग्नुपर्नेमा शर्माको जोड छ ।
    गैरराजनीतिक संस्था भएकाले कसैनकसैले दुइ कदम पछि हटेर भएपनि विवाद मिलाउनुपर्ने र त्यसका लागि छलफल भइरहेको शर्माको भनाई छ ।

    संस्था जोगिएमात्रै नि नेतृत्वको दावी गर्न अवसर पाइने बताउँदै शर्माले विश्वका सुसासन र विकासका भाषण दिँदै नेपाली नेताहरुलाई सिकाउने संस्था आज आफै विवादमा रहनुले राम्रो सन्देश नगएको भन्दै चाँडै समाधान गर्न सवै एकभएर लाग्न आह्वान समेत गर्नुभयो । शर्माले भन्नुभयो,“संस्था यो अवस्थामा आउँदा मन दुखिरहेको छु । साथीहरुले आफ्नो हठ त्याग्नुपर्छ । ”

    युक्रेनको युद्ध हुँदा नेपालीको उद्दार गर्नेदेखि,मध्यपूर्वको फ्लाइटमा समस्यामा परेकाहरुको सारथी देखि कोरोनाको समय आफ्नो देशमा आउन नपाउँदाको पीडामा मलम दिने,कोरोनाकै समय आफ्नै संयोजकत्वमा ओमनबाट ५६० अक्सिजन सिलिण्डर एयर लिफ्टिङ गरी पठाएको बताउँदै यी तमाम सामाजिक कार्यलाई सम्झिदै आगामी दिनमा यीनै सामाजिक काम गर्नपनि संस्था बचाउनुपर्नेमा उहाँको आह्वान छ ।
    “एनआरएनए सम्पूर्ण नेपालीहरुको माला हो । यो माला चुँडाउन कसैले हुँदैन” शर्माले भन्नुभयो ।

    एनआरएनएको १०औँ महाधिवेशन मार्च २२ देखि २५ सम्म काठमाण्डौमा हुँदैछ । अक्टोबरमा हुनुपर्ने भएपनि विवाद हुँदा अहिले तोकिएको छ । यसले संस्था टुटाउँछ की जुटाउँछ त्यो भने पर्खाइएको विषय बनेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.