×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कांग्रेस गैंडाकोट ८ काे कार्यालय उद्घाटन,स्थानीय चुनावकाे तयारीमा जुट्न आह्वान


  •   शुक्रबार, चैत ०४, २०७८
  • गैंडाकोट । नेपाली कांग्रेस गैंडाकोट ८ काे कार्यालय उद्घाटन गरिएकाे छ। आज एक कार्यक्रमगरि प्रमुख अथिति नेपाली कांग्रेस नवलपुर जिल्ला सभापति महेन्द्रध्वज जिसी ले उद्घाटन गर्नुभयाे ।
    कार्यालयकाे उद्घाटन गर्दै सभापति जिसीले पद म्युजिकल चेयर जस्तै भएकाे भन्दै विभित्र व्यक्तिको जिम्मामा आईरहने बताउनुभयाे। पद पाउने ठूलाे र नपाउनेले चिन्ता गर्ने नभई सवै तिता गतिविधि भुलेर आगामी चुनावकालागी एक हुन आह्वान गर्नुभयाे । उम्मेदवारका लागि टिकट नेताकाे नजिक हुनेले नभई वडाले सिफारिस गरेकाे जनतामाझ परिचित व्यक्तिले पाउने बताउनुभयाे ।

    Advertisement

    वडा सभापति राम प्रसाद सापकाेटाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै महासमिति सदस्य मदनभक्त अधिकारीले आफू खुट्टा कमाउने नभइ त्यागी नेता भएकाे बताउनुभयाे । आगामी चुनावमा मेयर पदमा खुट्टा नकमाउने उहाकाे भनाई थियाे । गैंडाकोटमा कांग्रेस हार्नुमा गल्ती भएकाे भन्दै अब विगत दाेहाेरिन नदिने बताउनुभयाे ।

    महासमिति सदस्य एवम् नगर उपप्रमुख विष्णुकुमारी कडेंलले आफूलाई नगरप्रमुखकाे टिकट दिन आह्वान गर्दै विगतकाे अवस्था दाेहाेरिन नदिन आग्रह गर्नुभयाे  । उपप्रमुखमा रहेर आफूले पार्टीको नीति,सिद्धान्तलाई ढल्न नदिएर जनताकाे काम गरेकाे भन्दै मेयर पदमा सक्षम रहेकाे र टिकट दिन सार्वजनिक रुपमै अआह्वान गर्नुभयाे । साथै कम्युनिस्ट लाई विश्वास नगर्न उहाँको सुझाव थियाे ।

    नवलपुर क्षेत्र १ का सभापति अमृत भट्टचनले कांग्रेसले रुपान्तरण चाहेकाे भन्दै एकताकाे साथ आगामी चुनावमा जानुपर्ने र तवमात्र जित हासिल हुने बताउनुभयाे ।

    मुस्कान सहितकाे कांग्रेस बनाउन सकेमात्र जनताले साथ दिने भन्दै  अहिले चल्ने अभियानमा एमसीसी बारे जनतालाई प्रष्ट पार्नुपर्नेमा जाेड दिनुभयाे । अवकाे चुनाव सुर्य र हसीयाहताैडाविरुद्ध लड्नुपर्ने भएकाले कांग्रेसले तयारी तीव्र पार्नुपर्ने बताउनुभयाे । वडानम्वर ५ र ८ मा वडाअध्यक्ष हार्न हुन्नन्थ्याे भन्दै अब त्याे नदाेहाेरिने उहांकाे दावी थियाे । ५२ वटा वडा, तीन नगरपालिका  र एक गाउंपालिकामा  कांग्रेसका उम्मेदवार जिताउने अठाेट लिनुभयाे ।

    प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापति  गाेपाल प्रसाद सापकोटाले विगतमा गुमेकाे क्षेत्रमा समेत चारतारे झण्डा फहराउने गरि काम गर्ने र ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानलाई परिणाममुखि गराउन अनुराेध गर्नुभयाे।

    नगर सभापति बद्री सापकोटाले कार्यालय स्थापनासंगै पाटीकाे गितिविधि संचालन गर्न सहज हुने र आगामी स्थानीय चुनावमा गैंडाकोट ८ मा कांग्रेसलाई भारि मतले जिताउने गरि लाग्न आह्वान गर्नुभयाे ।

    वडा सचिव जीवन पाैडेलले सहजीकरण गर्नुभएकाे कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताकाे सहभागीता रहेकाे थियाे ।

    कार्यालय क्षेत्रीय सभापति गाेपाल सापकोटाले उपलब्ध गराउनुभएकाे घरमा रहेकाे हाे । कार्यक्रममा वडासभापति रामलाल पराजुलीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.