×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेपाल चेपाङ संघको पाचौँ राष्ट्रिय महाधिवेशन चितवनमा सुरु


  •   बिहिबार, चैत ०३, २०७८
  • चितवन । नेपाल चेपाङ संघको पाचाँै राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ । महाधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले चेपाङ सहितका सिमान्तकृत जातीहरुको सुविधाका लागि एकीकृत बस्ती तथा आवास कार्यक्रम ल्याउने बताउनुभयो ।

    Advertisement

    योजना आएपछि कुनै एउटा निश्चित क्षेत्रमा घरहरु बनाएर बसोवास गराइने जानकारी दिनुभयो । जनता आवास कार्यक्रम जस्तै बनाएर प्रदेश प्रमुखले घोषणा गर्नेगरी तयारी भइरहेको उहाँको भनाई छ । डाँडापाखा पखेरमा बसोवास गर्दा चेपाङरुको दैनिकी असहज भएको उहाँको भनाई थियो । साथै राजनीतिमा चेपाङहरुको पहूँच बढाउन आग्रह गर्दै अवको स्थानीय निर्वाचनमा धेरै उम्मेदवार बनेर जित हासिल गर्न आग्रह गर्नुभयो ।

    महाधिवेशनमा बोल्दै चेपाङहरुले सरकारले आफूहरुलाई सुकुम्वासी बनाएको बताए । व्यस्थित बसोवासको सपना दिएर अहिलेसम्म लालपूर्जा नदिएको भन्दै आफूहरुको शैक्षिक, सामाजिक, राजनीतिक चेतना बढाउन राज्यले पहल गर्नुपर्नेमा जोड दिएका थिए । प्रमुख अतिथिलाई चिउरीको मह र झोला समेत प्रदान गर्दै उत्पादीत वस्तुहरुको बजारीकरणमा सहयोग गरिदिन आग्रह गरिएको थियो ।

    सो अवसरमा इतिहासमै पहिलो पटक बागमती प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्न सफल सन्तराम चेपाङलाई सम्मान गरिएको थियो भने चेपाङबाट स्नातोकत्तर गरेका अजयकुमार प्रजाले लेख्नुभएको ‘चेपाङ समुदाय’ नामक पुस्तकको समेत विमोचन गरिएको थियो ।
    महाधिवेशनले सात पदाधिकारीसहित ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा २५७ जना प्रतिनिधि सहभागी छन् । देशको चितवन, मकवानपुर धादिङमा बढी बस्ती रहेको चेपाङहरु २६ जिल्लामा छरिएर बसेका छन् ।


    जितेन्द्र तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सुनिमाया चेपाङले स्वागत मन्तव्य राख्नुभएको थियो । चेपाङ भाषमा गीत गाउँदै स्वागत गर्नुभएको उहाँले चेपाङहरु अव सचेत भएको र आफ्नो अधिकार खोज्न सक्ने भएकाले राज्यबाट विभेद नगर्न आग्रह गर्नुभयो । चेपाङ महिलाहरु समेत परिवर्तन हुँदै गएको र शिक्षा,स्वास्थ्य,सामाजिक चेतना तथा राजनीतिमा विशेष स्थान दिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा आदिवासी जनजाति आयोग अध्यक्ष राम बहादुर थापा, बागमती प्रदेशका सदस्य तथा पूर्व कृषि मन्त्री दावा दोर्जे लामा,संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेश नीति आयोग उपाध्यक्ष डा. कृष्ण पन्त लगायतको सहभागीता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.