×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

क्यान्सरसँग जुधिरहेका गुञ्जा रानाभाट, आर्थिक अभावले उपचारमा समस्या, सहयोगका लागि अपील


  •   बुधबार, चैत ०२, २०७८
  • चितवन । एक छोरा, एक छोरी र श्रीमती सहित उनको सानो परिवार खुसी साथ जीवन विताइरहेका थिए । तनहुँको ऋषिङ गाउँपालिका ४ थप्रेकमा जन्मिएर हाल भरतपुर ८ गौरीगञ्ज बस्दै आएका २९ बर्षीय रानाभाट छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिएर उज्जवल भविष्य बनाइदिन नेपालमा कमाई नभएपछि विदेशीन वाध्य भए ।

    Advertisement

    मलेसीया गएका उनले जेनतेन आम्दानी गरेर छोराछोरी पढाउँदै परिवार पाल्दै आएका थिए । परिवारको सवै जिम्मेवारी वहन गर्ने उनलाई अहिले घातक रोग क्यान्सर लागेर उपचाररत छन् । घरको मूलीलाई नै क्यान्सर भएपछि अहिले उनको परिवारनै चिन्तित्सँगै समस्यामा छ । उनी भन्छन्,“ न कुनै हाम्रो परिवार र खानदानमा यो रोग लागेको छ । न पहिला कुनै लक्षण थियो । एक्कासी घाँटीमा समस्या आयो । जचाउँदा क्यान्सर देखियो ।”

    घाँटीमा समस्या आएपछि केही महिना उनले मलेसियामै उपचार गरे । तर निको हुने अवस्था नभएपछि परिवारका अन्य सदस्यले रकम पठाएर टिकट काटी स्वदेश फर्कन वाध्य भए । स्वदेश फर्कीएर वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा जाँच गराउँदा घाँटीमा क्यान्सर देखिएको उनी बताउँछन् ।

    अस्पतालको बेडमा किमो चढाउँदै बसीरहेका उनी अहिले आर्थिक अभाले उपचार गराउनै नपाउने हो की भन्ने चिन्तामा छन् । विदेशबाट फर्कदापनि मलेसियामै उपचारमा रकम सकिएपछि ऋण गरी पहिलो पटकको उपचार गराए । साथमा भएको रकम, छिमेकी, आफन्तहरु, नजिकका टोल विकासले संकलन गरेको सहयोग रकम समेत सकिएपछि उनले आम नेपाली दाजुभाइ दिदिवहिनीहरुलाई आर्थिक सहयोग गरिदिन अहिले अपील गरिरहेका छन् ।

    अहिले दोस्रो पटकमा किमो चढाउने कार्य सोही अस्पतालमा जारी छ । तर आर्थिक अभाव हुँदा उनले सहयोगको अपील गरेका हुन् । उनले भने,“६ वटा किमो चढाउनुपर्नेछ । पहिलो किमो चढाएर सकियो । एक पटक किमो चढाउँदा ४० हजार र औषधि, अस्पतालको बसाई आदिले करिव १ लाख ५० हजार बढी खर्च आउँछ । म सँगै त्यति खर्च जुटाउने कुनै माध्यम नै छैन । मलाई बचाइदिनुहोस् । म मेरा लागि मात्रै नभई परिवारकालागि पनि बाच्नुपर्नेछ । ”


    उनका अनुसार एक महिनामा एउटा किमो लगाउनुपर्ने र अस्पतालमै बस्नुपर्ने भएकाले खर्च झन् बढ्दो छ । किमो चढाउँदा रगत आवश्यक परे खर्च बढ्दै जाने बताउँदै उनले बैँक मार्फत तथा फोन गरेर सहयोग गर्न सकिने बताए ।

    अस्पतालको बेडबाटै उनले याचना गरे,“थोरै थोरै भएपनि सवैले सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु । म बाँच्न चाहान्छु । निको भएर छोराछोरीको उज्जवल भविष्य बनाउनु छ साथै परिवारलाई पुन खुसी दिनुछ । सवै बाटो सकिएपछि अन्त्यमा आम नेपालीसँग सहयोग मागेको हुँ । ”
    घाँटीमा लागेको क्यान्सरलाई किमो दिएर सुकाउने चिकित्सकहरुले बताएका छन् । यो पटकको किमो सक्किएपछि कम्तिमा १५ वर्ष काम गर्ने चिकित्सकको भनाई छ । चाँडै निको हुन भारत जान अनुरोध गरेपनि आर्थिक अवस्था कमजोर भएपछि उनले भरतपुरमै उपचार गराइरहेका छन् ।

    “सवैले थोरै थोरै सहयोग दिएपनि मैले सजिलोगरी उपचार गराउन पाउनेछु र म बाँच्नेछु”, अहिले करिव ८ लाख जति उपचारमा सक्किएको छ । भारत जान अस्पतालले समेत सुझाव दिँदा सहयोग भएमा चाँडै भारत गई उपचार गराई निको हुने थिएँ । अझै कति खर्च लाग्ने कुनै टुंगो छैन ।” खाडीमा पसीना बगाएको सम्झदै उनले विदेशमा बस्नुहुने नेपाली दाजुभाइ दिदिवहिनीहरुसँग अझबढी सहयोगको अपेक्षा राखेको बताए ।

    घाँटीको दायाँतर्फ देखिएको क्यान्सर रोग पहिलो स्टेजमा रहेकाले प्रभावकारी उपचार गराउनसके निको हुने उनको विश्वास छ ।

    उनलाई सहयोग गर्न चाहानुहुनेहरुले उनको फोन नम्वर ९८२१२२४७३८, ९८१५२३०१६५ मा सम्पर्क गर्न सक्नुहुनेछ भने उनको नाउँमा लुम्बिनी विकास बैँकमा रहेको खातामा रकम पठाइदिन सक्नुहुने रानाभाटले बताए । लुम्बिनी वैँकमा खातावालाको नाम गुञ्जा रानाभाट र खाता नम्वर ००९१३०२०२०३२८५०००००१ मा रकम जम्मा गरिदिन उनको अपील छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.