×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बी कम्पनीको आयाेजनामा चैत्र २५ र २६ गते ग्ल्याम अप नेपाल २०२२ हुने


  •   मङ्गलबार, चैत ०१, २०७८
  • चितवन । चितवनकाे नारायणगढमा ग्ल्याम अप नेपाल २०२२ हुने भएको छ । आज पत्रकार सम्मेलन गरेर आयाेजकले चैत २५ र २६ गते कार्यक्रम हुने जानकारी दिएकाे हाे ।

    Advertisement

    तीन कम्पनी नेपाल डायरी,काराभान नेपाल र ब्राेसीस मर्ज भएर बनेकाे बी कम्पनीले पहिलाे पटक कार्यक्रम गर्न लागेकाे कम्पनीका अध्यक्ष  बिमल पाैडेलले बताए  ।
    उनका अनुसार  सौन्दर्य तथा फेसनसँग सम्बन्धित रहेर आयोजना हुँने कार्यक्रममा फेशन डिजाइनर तथा मोडलहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर मिल्नेछ । सन् २०१८ बाट कार्यक्रम गर्न थालिएको हाे । गतवर्ष कार्यक्रम तय भईपनि विश्वभर महामारीको रुपमा फैलिएकाे कोभिडका कारण स्थगित हुन पुगेकाे कम्पनीका निर्देशक बिनेश थापाले बताए ।

    अहिले कोरोना नियन्त्रणतर्फ उन्मुख भएको तथा चितवनमा कोरोना संक्रमण दर शून्यमा झरेकाे अवस्थामा कार्यक्रम आयाेजना गरिएको उनले बताए  । पहिलो दिन वर्क सप हुनेछ भने अन्य कार्यक्रम २६ गते हुनेछ ।
    कमलनगर नारायणगढस्थित पर्व वेन्चिवटमा हुने कार्यक्रममा रन वे, वर्कसप तथा प्रदर्शनी हुनेछ । कार्यक्रम दुई हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ। जसमा चितवन सहित अन्य जिल्लाबाट समेत मोडलहरु सहभागी हुनेछन् । डिजाइनरहरुको डिजाइनमा रन वे हुनेछ । जसका ६० भन्दा बडी सिक्वेन्स हुने अर्का निर्देश  अनिल घिमिरेले बताए ।
    कार्यक्रममा सौन्दर्यसँग सम्बन्धित स्टलहरु पनि रहने छन् ।
    कार्यक्रममा नेपालकै चर्चित फेशन डिजाइनर तेन्जिन भुटिया गेस्ट स्पिकरको रुपमा रहने र चैत २५ गते उनले फेशन डिजाइनिङ सम्बन्धी एड्भान्स वर्कसप पनि दिने तालिका छ ।

    यही कार्यक्रम मार्फत यस पटक डिजाइनर अफ दि एयर २०२२ र मोडल अफ दि एयर २०२२ गरी दुई जनालाई अवार्ड प्रदान गरिने र अवार्डका लागि इ-सेवा सँग सहकार्य गरेर भोटिङको व्यवस्था गरेकाे आयाेजकले जनाएको छ।

    कार्यक्रममा नेपालका केही चर्चित सेलिब्रेटीहरु पनि सहभागी हुनेछन् । दोस्रो चरणको पत्रकार सम्मेलनमा साे बारे जानकारी दिइने बताईएकाे छ।कार्यक्रम पत्रकार सुशील पन्तले सहजीकरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.