×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

उपाध्यक्षमा मत माग्दै पन्तले भने : युवालाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने र व्यवस्थित बजारका लागि पहल गर्नेछु

"ग्राउण्ड जिरोबाट व्यवसाय र व्यवसायी बुझेको छु, म काम गर्न चाहान्छु "

  •   आइतबार, फागुन २९, २०७८
  • चितवन । यतिवेला उद्योग वाणिज्य संघ चितवनमा अधिवेशनको सरगर्मी बढ्दो छ । ५५ औँ वार्षिक साधारण सभा सकिएको छ भने अधिवेशनको प्रकृया जारी छन् । सर्वसम्मत नभएका पदहरुमा आफूलाई निर्वाचित गराउन उमेदवारहरुले मत मागिरहेका छन् । सोही मध्येका एक हुन वाणिज्यतर्फ उपाध्यक्षका उम्मेदवार सिरिष पन्त । उनी उपाध्यक्षका बलिया उम्मेदवार हुन् । उपाध्यक्ष लगायत सर्वसम्मत नभएका पदहरुमा भोलि चुनाव हुँदैछ ।

    Advertisement

    सिरिष पन्त युवा उद्यमी हुन् । झण्डै विदेश पलायन भएका उनी चितवनमा स्थापित व्यवसायीको रुपमा परिचित हुँदै उद्योग वाणिज्य संघको सदस्य सहित विभिन्न उपसमिति संयोजक तथा अन्य भूमिकामा रहेर आफ्नो क्षमता प्रष्ट्याइसकेका छन् ।

    झण्डै दुई दशक अघि उच्च शिक्षा हासिल गरेपछि उनीसँग दुई विकल्प थिए । पहिलो पढ्ने वाहानामा विदेश गइ काम गर्ने र पलायन हुने अर्को नेपालमै सेटल हुने । प्रशासनिक पृष्ठभूमिको उनका परिवारले विदेश गएर अध्ययन गर्न सुझाए पनि । उद्योग कलकारखाना, व्यापार व्यसायको पुष्ठभूमि नहुँदा उनलाई पनि परिवारको सुझाव ठिक नलागेको त होइन तर स्वेदशमै केही गर्न सकिन्छ भन्नेमा उनी दृढ रहे । तर परिवारले उनलाई यहाँ गर्न सक्दैनौ भन्नेमै केन्द्रीत रहे । उनले भने,“विदेश जाँदा व्यक्तिगत र परिवारलाई त राम्रै कमाउँथे होला तर यो क्षेत्र र देशलाई चाहिँ के दिन सक्छु त ? भन्नेले बढी सतायो । त्यसपछि परिवारलाई सम्झाएर एक पटक व्यवसाय गर्नलाई मौका मागेँ र असफल भए विदेश जाने दोस्रो विकल्पमा राखेँ ।”

    त्यसपछि पन्तले दुई दशक अगाडि निर्माण सामाग्रीको व्यापार व्यवसायबाट यात्रा सुरु गरे । कुनै एउटा युवा सजिलै व्यवसायमा स्थपित हुन सजिलो नभएको उनको अनुभव छ । प्रशासनिक क्षेत्र तथा सरकारबाट कुनै प्रेरणा नभएको भन्दै उनले धेरै कठिनाइका वीच अग्रजहरुको सल्लाहले अहिले उत्सव इन्टरप्राइजेज, उत्सव टे«डर्स,उत्सव सप्लायर्स प्रालि, नेपाल नेशनल पेन्ट्सका मालिक र भरतपुर आरएमसीमा पनि उनले लगानी गरेका छन् ।

    कुनै समय झण्डै विदेश पलायन भएको युवाले अहिले करिव २ सय जना प्रत्यक्ष रोजगारी दिन सफल भएका छन् । यही सफलता सवै युवा तथा नयाँ पुस्तालाई बाँड्दै पुरानो पुस्तासँगको अनुभवलाई लिँदै उद्योग वाणिज्य संघ हाँक्न उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँछन्। उनी भन्छन्,“मेरो आँटले २ सय बढीले रोजगारी पाएका छन् । यदी मैले विदेशीएका युवालाई रोकेर मेरो सहयोग र प्रेरणा मिल्यो भने पक्कै धेरै विदेश जानुपदैन । मलाई लाग्छ चितवन र राष्ट्रलाई पनि मैले योगदान दिएको छु ।”

    यही व्यवसायको सिप, लगानीसँगै आर्जन गरेको ज्ञान बाँड्दै स्वदेशमै सम्भावना देखाउन चार वर्ष अघि उनी कर्पोरेट सदस्यमा निर्वाचित भएका थिए । अहिले उनी दोस्रो कार्यकालमा छन् । यही भोगाइ र अनुभवलाई उपाध्यक्षमा रहेर आफ्नो काम देखाउन उनी चाहान्छन् । सदस्यमा निर्विरोध जिताइदिने अग्रज एवम सवै व्यवसायीहरुलाई उनले यो पटक उपाध्यक्षमा जिताउन अपील गरेका छन् । खाडी र अन्य मुलुक गइरहेका युवाहरुलाई रोक्ने र व्यापार व्यवसायमा प्रेरित गर्न आफू सक्रिय भइ लाग्ने पन्त बताउँछन् ।

    कोरोनाको समयपनि उनले स्वास्थ्य समितिको संयोजक भएर काम गरेका थिए । घरबाट बाहिर निस्कन सक्ने अवस्था नहुँदा उनले व्यवसायीहरुका लागि फ्रन्टलाइनर भएका काम गरे । व्यवसायीहरुको वाध्यतालाई बुझेर राहत वितरण,मास्क,सेनिटाइजर वितरण देखि पसल पसलमा स्टीकर टाँस्ने, माडी, मुग्लिनका अस्पतालमा स्वास्थय सामाग्री सहयोग गरे । उनकै पहलमा व्यवसायीहरुका लागि कोरोना वीमा समेत लिएर आए र रोगको समय आर्थिक टेवा पुर्याएको उनको भनाई छ ।

    काम गर्ने युवा देखेर अग्रजकै सल्लाहमा आफू उपाध्यक्षमा उम्मेदवारी दिएको पन्तले बताए । आगामी दिनमा उनले अहिले बोर्डहरुमा करको विषय उठान भएकोमा बोर्डको लागत भन्दा कर बढी भएको र यसलाई समाधान गर्नुपर्नेमा उनको जोड छ ।

    बजारमा पार्कीङको समस्या अस्तव्यस्त रहेको, बजारबाट झर्नेवित्तिकै यति फोहोर छ की ग्राहक आउन समेत नमान्ने उनी बताउँछन् । यी समस्या समाधानको पहल गर्नपनि आफू उपाध्यक्षमा आउन जरुरी रहेको पन्तले बताए । फोहोर व्यवस्थापन नहुँदा व्यवसायीहरु पनि आक्रान्त भएको उनले बताए । एकतिर करको भारी, त्यसपछि पार्कीङ र फोहोरले आजित भएका व्यवसायीको समस्या समाधानमा आफूले पहल गर्ने पन्तको भनाई छ ।
    ६ महिनादेखि आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेकाले भोलि हुने चुनावमा विजयी हुने दावी उनको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.