चितवन । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले संसदबाट पारित गरिएको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशनवारे गलत हल्ला फिँजाउने एमाले र माओवादीहरुलाई टिकट काटेर काठमाण्डौ पठाउन भनेका छन् ।
आज चितवन काँग्रेसको पदस्थापना कार्यक्रममा बोल्दै उनले एमालेले काँग्रेस एमसीसी पारित गर्ने एकमात्रै दल हो भनेमा वा माओवादीले पनि सो भने बसको टिकट काटेर एमालेका नेता कार्यकर्तालाई बालकोटा र माओवादी नेता कार्यकर्तालाई खुमलटार पठाउन उनले भनेका हुन् । थापाले भने,“एमसीसीको सुरु देखि अहिलेसम्म शीर्ष दल कोही अछुतौ छैनन् । त्यसैले उनीहरुकै बालाई गएर सोध्न भनिदिने की सम्झौता किन गरेको भनेर । काँग्रेसका नेता कार्यकर्ताले मैदान नछोड्नुहोस । प्रष्ट भन्नुहोस ।”
काँग्रेस संसारभर शान्ति होस भन्ने चाहेको र कुनैपनि सैन्य गतिविधि नेपालमा प्रवेश हुन नदिनेमा प्रतिवद्धता रहेकाले एमसीसीमा त्यस्तो कुनै जोखिम नरहेको प्रष्ट पारे । जनतालाई डरमा राखेर राजनीतिक गर्न सिपालु नेताहरुले मात्रै गलत हल्ला फिँजाएको उनको भनाई थियो ।
क्षमताभन्दा बढी ऋण लिए श्रीलंका जस्तो अवस्था हुने भन्दै त्यसप्रतिपनि सचेत रहेको र अहिले नेपालको आर्थिक स्रोत कम भएकाले अनुदान लिनु स्वभाविक भएको बताए ।
अवको पाँच वर्षपछि अहिले सेना आउँछ भन्नेहरुको घरघर पुगेर काँग्रेसले प्रश्न गर्न सक्नुपर्ने उनको भनाई थियो । भ्रम र उत्तेजनाको राजनीति गर्नेविरुद्ध कडा रुपमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।



