×
सोमबार, जेठ ११, २०८३
☰
सोमबार, जेठ ११, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चौधरी उद्योगको स्वास्थ्य शिविरमा २ हजार मजदुरको स्वास्थ्य परिक्षण गरिने


  •   शुक्रबार, फागुन २७, २०७८
  • बिबेक भण्डारी ,नवलपुर । चौधरी उद्योग ग्रामले २ हजार मजादुरको स्वास्थ्य परिक्षणका लागि शिविर संञ्चालन गरेको छ । नवलपुरको दुम्कौलीमा रहेको चौधरी ग्राममा कार्यरत मजदुरहरुका लागि स्वास्थ्य परिक्षण शिविर शुक्रवार एक कार्यक्रमको अयोजना गरि उद्घाटन गरेको छ ।

    Advertisement

    आफ्ना मजदुरहरुमा स्वास्थ्य अवस्था जानकारी लिने र उनीहरुको स्वास्थ्यमा ध्यान दिन शिविर आयोजना गरेको हो । उद्योगका महाप्रबन्धक खड्ग पौडेलका अनुसार उद्योगका मजदुरहरु स्वस्थ्य रहे उद्योगको गुणस्तर पनि स्वास्थ्य रहने हुदा मजदुरहरुको स्वास्थ्य अवस्था परिक्षण आवस्यक रहेकै कारण शिविर संञ्चालन गरेको जानकारी दिए ।

    स्वास्थ्य शिविर संगै उद्योगले गुणस्तर सम्बन्धि कार्यक्रम गर्ने उनले बताए । उद्योगले आफुहरुको स्वास्थ्य परिक्षणका लागि वरिष्ठ चिकित्सकको टोली ल्याएर स्वास्थ्य शिविर गरेको भन्दै मजदुर पनि हर्षित भएका थिए । विशेष गरि स्त्री तथा प्रजनन् स्वास्थ्य परिक्षण गरिएकोमा महिलाहरु खुशी भएका थिए । रोजगारका कारण स्वास्थ्य परिक्षण गराउन समय नहुने भन्दै उद्योगले नै उद्योग परिसरमा स्वास्थ्य शिविर ल्याएको खुशी व्यक्त गरेका थिए । उद्योगले स्त्री तथा प्रजनन् सम्बन्धि मात्र नभएर आखाँ सम्बन्धि परिक्षण पनि गरेको थियो ।

    उद्योगले आगामि दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरे मजदुहरुलाई राहत हुने सोहि चौधरी उद्योगमा कार्यरत एक मजदुर बताउछन । उद्योगका जनस्वास्थ्य अधिकृत सागर बस्ताकोटीका अनुसार उद्योगमा कार्यरत मजदुरहरुका लागि दुई चरण दिवा र रात्री सिफ्टलाई मिलाएर स्वास्थ्य परिक्षण गराएको बताए ।

    उक्त शिविरमा भरतपुरमा रहेको पुरानो मेडिकल कलेजका सिनियर म्यानेजर दुर्गा न्यौपाने, वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बुद्धिकुमार श्रेष्ठ , गाइनकोलोजी विभाग प्रमुख डा. रसिक न्यौपाने, ओपीडि इन्चार्ज प्रविन उपाध्याय लगाएको सहभागिता रहेको उद्योगका रामचन्द्र धितालले जानकारी दिए ।

    पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोग रहेको थियो । चौधरी उद्योगमा २ हजार बढि कार्यरत छन । उद्योगले चाउचाउ,चकलेट,वियर लगायतका वस्तुहरु उत्पादन गर्दे आएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.