×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

रत्ननगरमा वाटर किङडम शिलान्यास : स्थानीयबासी खुुसी,मेयरलाई अभिनन्दन


  •   सोमबार, फागुन २३, २०७८
  • चितवन २३ फागुन । चितवनको रत्ननगर ५ झुवानीमा सोमबार वाटर किङडम शिलान्यास गरिएको छ । पर्यटन विकासको आधार वाटर किङडम झुवानीमा ल्याएको भन्दै स्थानीयबासी खुसी भएर मेयर नारायण वनलाई अभिनन्दन गरेका छन् । झुवानीको आर्थिक विकास र परिचित गराउने गरी वाटर किङडम निर्माण गर्न लागेको भन्दै स्थानीयबासीहरु गाउँमै मेयरलाई स्वागत तथा अभिनन्दन गरेका हुन ।

    Advertisement

    रत्ननगर ५ झुवानीमा ३० करोडको लगानीमा वाटर किङडम निर्माण सुरु गरिएको हो । सोमबार मेयर नारायण वनले एक भब्य समारोहका बीच शिलान्यास गरेसंगै निर्माणको काम सुरु भएको छ । झुवानी माविले संरक्षण गर्दै आएको तीन विगहा क्षेत्रफलमा सार्वजनिक निजी साझेदारीमा वाटर किङडम निर्माण सुरु गरिएको मेयर वनले बताए । पहिलो चरणमा ९ करोड ७९ लाखमा ठेक्का सम्झौता भइ काम सुरु भएको छ । नेपाल सरकारको ४ करोड ५५ लाख र नगरपालिकाको ५ करोड २४ लाखको लगानी रहेको छ ।

    सरकारी लगानी बाहेक वाटर किङडम निर्माण,सञ्चालन र व्यवस्थापन गर्ने गरी शेयर लगानी खुल्ला गरिएको मेयर वनले बताए । वाटर किङडमप्रति स्थानीयबासीको अपनत्व बढाउन एक घर एक शेयरको अबधारण ल्याइएको छ । पहिलो वडाबासी,दोस्रो नगरबासी र त्यसपछि मात्र बाहिरका मान्छेका लागि शेयर खुल्ला गरिने छ । वाटर किङडम निर्माणको लागि झुवानी माविसंग २५ बर्षको लागि जग्गा भाडामा लिइएको छ । प्रतिकठ्ठ प्रतिबर्ष ६ हजार भाडा निर्धारण गरी नगरपालिका र विद्यालय बीच सम्झौता गरिएको छ ।

    वाटर किङडममा तीनवटा कृत्रिम पोखरी, स्वीमिङ पुल, ६० देखि ६५ मिटरको ६ वटा चिप्लेटी, पानी डान्स (हलभित्र कृत्रिम हिउँ पार्ने), गर्मी छल्न हलभित्र कृत्रिम हिउँ, रोटे पीङलगायतका आकर्षक पूर्वाधार निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए । वाटर किङडमलाई सौराहाको प्याकेज कार्यक्रममा समावेश गरी यहाँ आउने अधिकांश पर्यटकलाई यसको अवलोकन गराउने योजना रहेको छ ।

    वडा नं ५ का वडाध्यक्ष कृष्ण महतोले वाटर किङडम हाम्रो हो भन्ने आत्मविश्वास बढाउन एक घर एक शेयरको अबधारण अघि सारिएको बताए । पैसा हुनेले सजिलै शेयर हाल्नु हुन्छ उनले भने नहुनेलाई हामी काम दिन्छौं त्यहीबाट आएको पैसा शेयर हाल्न लगाउछौं । पर्यटक आर्कषणको केन्द्रको रुपमा लिइएको वाटर किङडम बन्ने भएपछि स्थानीयबासीहरु खुसी भएका छौं ।

    ६० बर्षपछि झुवानीमा खुसी फर्किएको छ स्थानीय रामचन्द्र चौधरीले भने झुवानी ६० बर्ष पहिले जिल्लाको सदरमुकाम थियो,अब वाटर किङडमले झुवानीलाई चिनाउने छ । कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ,वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल,एमालेका नगर अध्यक्ष इश्वरीप्रसाद अर्याल,नेपाली काँग्रेसका नगर सभापति प्रल्हाद सापकोटा,माओवादी केन्द्रका श्याम प्रसाद बराल,एकीकृत समाजबादी नगर कमिटी अध्यक्ष बद्रिनाथ घिमिरे,क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई,झुवानी माविका पूर्व अध्यक्ष जोगेन्द्र महतो लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव शंकरबहादुर गिरीले सञ्चालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.