चितवन । नेपाली काँग्रेस चितवनको पदाधिकारीहरुको टुंगो लागेको छ । आज सम्पन्न मतगणनासँगै जिल्ला पदाधिकारीहरुको टुंगो लागेको निर्वाचन समिति संयोजक ज्ञानेन्द्र अधिकारीले जानकारी दिए ।
जिल्ला सभापतिमा यसअघिनै राजेश्वर खनाल पहिलो चरणमा धेरै मत ल्याएपछि दोस्रो चरणमा सर्वसम्मत निर्वाचित भएका थिए ।
बाँकी पदाधिकारीको मत गणना आज नै सम्पन्न भएको हो । अधिकारीका अनुसार जिल्ला उपसभापतिमा शालिकराम शर्मा पौडेल ८६१ र राजीव न्यौपाने ८२८ मत सहित विजयी भएका छन् ।
त्यस्तै सचिवमा सूर्य अर्याल ११७२ र ध्रुवराज पोखरेल ८१७ मत सहित निर्वाचित भएका छन् । सहसचिवमा गोपाल दराई ९४८ र दिनेश अधिकारी ७३४ मत ल्याएर निर्वाचित भएका छन् ।
सदस्यहरुको मतगणना राति साँढे ८ बजेबाट सुरु हुने र सुरुमा समानुपातिक समावेशी तर्फको गणना गरिने निर्वाचन समिति संयोजक अधिकारीले जानकारी दिए ।
पदाधिकारीहरुको अन्तिम मत परिणाम
खसेको २८२० मतमा सदर २८०७ मा
पद : उप सभापति
शालिग्राम पौडेल ८६१ विजयी
राजिब न्यौपाने ८२८ विजयी
शुरबीर पोख्रेल ५५९
बुद्धि बहादुर गुरुङ ५७७
महेश बानिया ४०१
रघुनाथ भट्ट ३७३
उद्धब बहादुर लोहनी २८६
निलमणी पाठक २५५
तेज प्रकाश अधिकारी १९९
भुवन खनाल १९८
हेमलाल भट्टराई १५४
राजेन्द्र डोटेल १३७
राजेन गौतम १०८
मोहित जङ्ग पाण्डे १३
पद : सचिब
सुर्य अर्याल ११७२ विजयी
ध्रुबराज पोख्रेल ८१७ विजयी
आनन्दराज राउत ६८४
भरत प्रसाद दवाडी ६८२
निर्मलराज पौडेल ५७०
सुर्य ढकाल ५०२
दिपक अधिकारी ३६८
शिव प्रसाद शर्मा पौडेल २४०
पद : सह सचिब
गोपाल दराई ९४८ विजयी
दिनेश अधिकारी ७३४ विजयी
विनिता चापागाई ६९०
राजन कार्की ५९१
झलक बहादुर गुरुङ ५१७
केदारनाथ पन्त ४३१
केशब नारायण श्रेष्ठ ३५४
भोजराज देवकोटा ३१५
नविनराज पौडेल २७४
प्रदिपचन्द्र पण्डीत १३१




