चितवन । चितवनमा पनि कमल थापा नेतृत्वको पार्टी राप्रपा नेपालले जिल्ला समिति गठन गरेको छ । साथै आजनै पार्टी कार्यालय समेत स्थापना गरिएको छ ।
जिल्ला समितिको अध्यक्षमा विष्णु खराल चयन भएका छन् । उपाध्यक्षमा दुर्गा प्रसाद भट्टराई, सचिबमा बलराम आचार्य, कोषाध्यक्षमा शिव प्रसाद शर्मा रहेका छन् । त्यस्तै जिल्ला सदस्यमा हेम बहादुर नेपाल,हरि मिश्र र केशब अधिकारी छन् । उपाध्यक्ष भट्टराइका अनुसार अब बस्ने बैठक मा जिल्ला कार्य समिती लाई पुर्णता दिइने छ ।
आज नै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पार्टी परित्याग गरी ३८ जना राप्रपा नेपालमा प्रवेश गरेको उपाध्यक्ष भट्टराइले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष विष्णु खरालले पार्टी पटक पटक टुट्ने फुट्ने भइरहेको भएपनि नेता तथा कार्यकर्ताहरु हतोत्साहित नभइ उत्साहका साथ संगठनमा जुट्न अपील गरे ।
जिल्ला उपाध्यक्ष आशिष भट्टराईले बिगतमा राप्रपामा रहेर धेरै दुख र मेहनत गरेको भएपनि माहाधिबेसन पश्चात् बर्तमान अध्यक्ष लिङ्देनले कमल थापाको पत्र लाई अपहेलना गरी सम्वोधन नगरेपछि राप्रपा नेपाल जन्मिएको बताए ।
हिन्दुरास्ट्र र राजसंस्थाको एजेण्डाकै मूल सम्बाहक वा अभिभावक कमल थापा भएको र उनलाई पाखा लगायर लिङ्देन नेतृत्वको पार्टीले सो एजेण्डा स्थापित गराउँछु भन्नु दिवा सपना भएको उनको दावी थियो ।
साथै भट्टराईले सम्पूर्ण नेता तथा कार्यकर्तालाइ पुरानै घर राप्रपा नेपालमा फर्कन आग्रह समेत गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी हेम बहादुर नेपालले पार्टी कार्यालय उद्घाटन गरेका थिए भने बिश्वहिन्दु महासंघ चितवनका अध्यक्ष प्रेम गैरेले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा राप्रपा यु.स.के.स.(सरोज आचार्य सहित जिल्लाका बिभिन्न नगर गाउँ पालिका बाट नेता शिर्ष कार्यकर्ता समेतको उपस्थिति रहेको थियो



