चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन कालिका नगरका अध्यक्ष दुर्गा प्रसाद भट्टराई (आशिषले पार्टी परित्याग गरेका छन् ।
Advertisement
उनले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट साधारण सदस्य समेत नरहेन गरी राजीनामा दिएका हुन्।
पार्टीको महाधिवेशन पश्चात जिल्ला कार्यसमितिको बैठकमा पटक पटक महाधिवेशनको क्रममा निर्मल निवासको हस्तक्षेपवारे छानविन गर्न उठाएको विषयलाई नेतृत्वले सम्वोधन नगरी वेवास्ता गरेको, पार्टी भित्र गम्भिर सैद्धान्ति विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै नैतिकरुपमा पार्टीमा बस्नसक्ने आधार समाप्त भएको भन्दै राजीनामा दिएका हुन् ।
साथै भट्टराइले कमल थापाले नेतृत्व गरेको पार्टीलाई समर्थन गर्ने बताएका छन् ।



