×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ढुवानी भाडा वृद्धिको माग गर्दै ट्रक व्यवसायीले थाले आन्दोलन


  •   शनिबार, फागुन २१, २०७८
  • चितवन । ट्रक ब्यवसायीहरुले पेट्रोलियम पदार्थको मुल्यमा भएको वृद्धिको बिरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् । सरकारले पटक पटक डिजेलको मुल्य बृद्धि गरेको तर बिगत ६ वर्ष देखि ढुवानी भाडा नबढाएको भन्दै पेट्रोलियम पदार्थको मुल्य वृद्धिसंगै ढुवानी भाडा पनि बढाउनु पर्ने माग उनीहरुको छ । शनिबार देशभरका १०० बढी ब्यवसायीहरुले रामनगरमा केही बेर राजमार्ग अवरोध गरी विरोधको कार्यक्रमको घोषणा गरेका हुनु ।
    विरोधका कारण नेपाली सेनाका सवारी साधन समेत केहीबेर रोकिन पुगेका थिए । एक हप्ता भित्र सरकारले ढुवानी भाडा नबढाए देशैभरीका टंकहरु १० दिन घरमा थन्काएर आन्दोलन गर्ने ब्यवसायीहरुले चेतावनी दिएका छन् । त्यति गर्दा पनि नभए देशैभरिका टंकहरु सडकमा ल्याएर सबै राजमार्ग बन्द गर्ने र राजमार्गमै अनसन बस्ने धादिङका ब्यवसायी मनोज केसीले बताए् ।

    Advertisement

    बैकमा किस्ता तिर्न नकस्दा श्रीमतीको गहना धितो राखेर बैकलाई पैसा बुझाउनु परेको उनले दुखेसो गरे । अहिले सम्म भैरहवा र बिरगन्जदेखि काठमाण्डौ सम्मको १० टनको २५ हजार भाडा कायम रहेको छ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धिसंगै १० टनको २८ हजार हुनु पर्ने माग ब्यवसायीले गरेका छन् । एउटा १२ चक्के गाडीले २१ टन बोक्ने गरेको छ । आफुहरुले राज्यको नीतिनियम बिपरित कहिल्यै पनि बढि शुल्क लिएर ढुवानी नगरेको,आफुहरु राज्यको नियमअनुसारनै सन्चालन गरिराखेको बताए । तर अव राज्यले भाडा दर नबढाए आफुहरु सरकारको विरोधमा कडा आन्दोलन गर्न बाध्य हुने केसीको भनाई छ ।

    भारतीय मालबाहक सवारी साधन भन्सारमा पल्टी नगरी सिधै नेपालको काठमाण्डौ सहित अन्य सहरमा प्रवेश दिदाँ त्यसले नेपाली ढुवानी ब्यवसायी ठुलो मारमा परेको नवलपुरका ब्यवसायी गणेश सिहं ठकुरीले बताए । पेट्रोलियम पदार्थको मुल्य बढेको बढेकै गर्ने तर ढुवानी भाडा नबढ्दा आफुहरु ब्यवसायबाटै पलाएर भएर खाडी जानुपर्ने बाध्यता भएको उनको दुखेसो छ ।

    भारतीय मालबाहक टंकहरुले क्षमता भन्दा कयौ टक बढी सामान बोकेर आउँदा पनि १५ सयको चिट काटेकै भरमा मनलाग्दी गर्ने भारतीय सवारी साधनलाई राज्यले छुट दिएको ब्यवसायीको गुनासो छ ।भारतीय ट्रकहरुले ५० टन सम्म सामान बोकेर आउने र ३ वटा सम्म डिजेल टंकी राखेर नेपाली डिजेल भरेर भारत जाने गरेकाले पनि नेपालले पेट्रोलियम पदार्थमा घाटा बेहोरेको ठकुरीले बताए ।

    भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो हुने भएकाले नेपाल आउने सबै भारतीय मालबाहक सवारीले ३ वटा सम्म टंकी हालेर आउने र डिजेल भरेर जाने गर्दा पनि नेपाल सरकारले यसलाई रोक्न नसकेको उनको भनाई छ ।

    राज्यले ढुवानी भाडा नबढाउँदा आफुहरुले बैकंमा किस्ता समेत तिर्न नसक्ने अवस्था भएकोे व्यवसायी पवन महतोले बताए । देशमै केही गर्नुपर्छ भनेर घर जग्गा धितो राखेर टंक खरिद गरेर व्यवसाय थालेपनि सरकारले आफुहरुको समस्या नबुझदा देशभरका हजारौ व्यवसायी मारमा परेको उनको दुखेसो छ ।

    नेपालको सडकमा दैनिक ५ हजार बढी ट्रकहरु गुड्ने र त्यो मध्य ३० प्रतिशत ट्रक भारतीय भएकाले भारतीय ट्रकको सिधै नेपाल प्रबेश रोक्नु पर्ने पनि व्यवसायीले माग गरेका छन् । ५० टन बढी माल बोकेर आउने ओभरलोड ट्रकका कारण नेपालको सडक भत्किने र बाटोमा ति ट्रक बिग्रर्दा सडकजामको पनि समस्या खेप्न नेपाली सवारी साधन र यात्रुहरु बाध्य भएको व्यवसायी ठकुरी बताउँछन् ।

    काठमाण्डौमा व्यवस्थीत पाकिर्ङ र ट्रक रोक्ने ठाउँ समेत नहुदाँ आफुहरुले अनाहकमा ट्राफिकलाई जरिवना तिर्न पर्ने बाध्यतामा परेको समेत उनले बताए । व्यवसायीहरुले देशैभरिका ट्रक व्यवसायीलाई आ आफनो ठाउँबाट संगठित भई आवाज उठाउन आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.