चितवन । नेपाली कांग्रेस चितवनकाे १४ अाैं अधिवेशनमा सभापतिका कुनै पनि उमेदवारले ५० प्रतिशत बढी मत ल्याउन सकेनन् । कांग्रेस विद्यान अनुसार विजय हुन कुल खसेकाे मतकाे ५० प्रतिशत बढी प्राप्त गर्नुपर्छ । तर पांच जना सभापतिका उम्मेदवारहरुले १ हजार पनि कटाउन सकेनन् ।
कुल खसेकाे २८२० मतमा २७१८ मत गणना हुंदा कंग्रेस चितवन सभापति पदको अन्तिम परिणाम अनुसर राजेश्वर खनाल ले ७४६,
मिलनबाबु श्रेष्ठले ६६२,उत्तम जोशीले ४७२,डा.सुर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइराला ले ४१२ मत प्राप्त गरे ।
५१ प्रतिशत कुनै उमेदवारको नरहेको कारण दोश्रो चरणको निर्वाचन हुने पक्का भएकाे हाे । दोश्रो चरणमा पहिलाे चरणमा बढी मत ल्याएका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठ बिचमात्रै प्रतिष्पर्धा हुने छ ।मतदान शनिबार मध्याह्न १२ः३० बजे देखि अपराह्न ४ः३० बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।





