×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

राप्ती तटीय क्षेत्रको सरसफाइ गरी मनाइयो विश्व वन्यजन्तु दिवस, मुहानको बस्तीक्षेत्रमा सचेतना फैलाउन जोड


  •   बिहिबार, फागुन १९, २०७८
  • चितवन,फागुन १९ । चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु र घडीयाल लगायत जलचरको महत्वपूर्ण स्थल राप्ती नदीको तटीय क्षेत्रमा बृहत सरसफाई गरी आज विश्व वन्यजन्तु दिवस तथा चोरी सिकारी नियन्त्रण युवा जागरण अभियानको स्थापना दिवस मनाइएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान,सीबीएपीयू सौराहा र पटिहानीको आयोजना र चितवन राष्ट्रिय निकुञ्ज, पटिहानी उपभोक्ता समिति, सहमती गैँडाकोटको सहकार्यमा सौराहा देखि पटिहानीसम्म उक्त नदीको किनारमा रहेका फोहोर संकलन गरिएको हो ।

    Advertisement


    अभियानका संयोजक एवम् युवा संरक्षणकर्मी अपिल घिमिरेले पटक पटक वन्यजन्तु गैँडा,हात्ती लगायत घाइते हुने, सिसाले काटेको भेटिने साथै घडीयाल जालमा अड्कीने आदि समस्या देखेपछि तटीय क्षेत्र सरसफाइ अभियान थालेको बताए ।

    हरेक हप्ताको शनिवार सरसफाइ गर्दै आएको र दिवसका अवसरमा बृहत सरसफाई गरेको उनको भनाई छ । नेपाल बोटे समाज पटिहानीको ८ वटा डुङ्गाबाट सौराहा देखि पटिहानीसम्मको तटीय क्षेत्रमा सरसफाई गरिएको हो ।

    सरसफाई सुरु गर्नुपूर्व सौराहाको हात्तीचोकदेखि नदी किनारसम्म वन्यजन्तु संरक्षण र पारिस्थितिकीय प्रणाली,पूनस्र्थापनाका लागि यूवा जागरण नारा लेखिएको व्यानर र खोला नालामा फोहोर मैला नफालौँ लेखिएका प्लेकार्ड सहित नेपाली झण्डाको साथमा र्याली निकालिएको थियो ।

    र्याली पश्चात भएको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले फोहोरमैलाले गर्दा संरक्षणमा चुनौति बढ्दै गएको बताए । सरसफाई अभियानले राम्रो काम गर्दै आएको र निकुञ्जको तर्फबाट आवश्यक सहयोग हुने बताउँदै वन्यजन्तु सँगै प्रकृतिको संरक्षणमा लाग्न आह्वान गरेका थिए ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.बाबुराम लामिछानेले मानविय गतिविधिका कारण वन्यजन्तुले दुख पाइरहेको भन्दै फोहोरमैला व्यवस्थापनमा ऐन नियमनै बनाएर कडाई गर्नुपर्ने बताए ।

    पृथ्वी सवैको घर भएको भन्दै मानवको गतिवधिले प्रकृति र वन्यजन्तु तथा जलचरलाई पीडा दिन नहुने बताए । साथै सरसफाई अभियान प्रभावकारी रहेको र राप्ती नदीको मुहान रहेको क्षेत्रका स्थानीय र त्यहाँको सरकारसँग बहस र छलफल चलाउन आवश्यक भएकोमा जोड दिए ।

    अभियानका संयोजक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरे, पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतो लगायतले दिवसको शुभकामना दिँदै चितवनबाट भन्दापनि मकवानपुर हेटौँडाबाट फोहोर धेरै आउने बताए ।

    यसको दीर्घकालिन समाधानका लागि जनचेतना बढाउदै कानुननै बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । अन्यथा एक समूहले फोहोर टिपेर सरसफाई गर्दै जाने, बाढी आएपछि पुन फोहोर थुप्रिदै जाने अवस्था आउने भन्दै समयमै सचेत हुन आह्वान गरेका थिए ।

    सीबीएपीयू सौराहाका अध्यक्ष विष्णु थापाले स्वागत गरेका  कार्यक्रम सीबीएपीयू पटिहानीका अध्यक्ष सुमन ढकालले सहजीकरण गरेका थिए ।

    संकलित फोहोरको नजिक अपिल घिमिरे सहित बोट संचालकहरु

    औपचारिक कार्यक्रमपश्चात प्रमुख अतिथि लगायतले सौराहा क्षेत्रको तटमा फोहोर संकलन गरेर बाँकी कार्यका लागि बोरा हस्तान्तरण गरी विदाई गरेका थिए । राप्ती तटीय क्षेत्रमा सवै मानवले फालेका पानी,वियर,पेयपदार्थका बोत्तलहरु अधिकाँश मात्रामा भेटिएको थियो ।

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.