चितवन । चितवनको भरतपुर चौबिसकोठीमा भेटिएको शङ्कास्पद वस्तु कपडाको पोका मात्र भएको पुष्टी भएको छ ।
Advertisement
आज (मंगलबार) बिहानै भरतपुरको चौबिसकोठीमा शङ्कास्पद वस्तु भेटिएको भनेर खवर पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो ।
टोलीले चेक जाँच गरेपछि सो वस्तु कपडा हालेर प्याक गरी राखेको खुलेको हो ।
उक्त्त वस्तु कुनै बम वा अन्य हात हतियार नभइ पुरानो कपडाको पोका मात्र भएको पुष्टी भएको हो ।
कसले र किन त्यहाँ कपडाको पोका राख्यो भन्ने अझै खुलेको छैन ।



